Comments Add Comment

भेटियो ८५ हजार वर्ष पुरानो मानव औँला

साउदी अरेबियाको नेफुड मरुभूमि क्षेत्रमा विश्वको सबैभन्दा पँरानो आधुनिक मानव जातिको जिवाश्म फेला परेको छ । पुरातत्वविदहरुले ८५ हजार वर्ष पूरानो मान्छेको औँलाको हड्डी फेला पारेका हुन् ।

३.२ सेमी लामो उक्त हड्डी अरब प्रायदि्वपमा पाइने पहिलो तथा सबैभन्दा पूरानो आधुनिक मानव जातिको जिवाश्म भएको बताइएको छ ।

अर्थात् यो हाम्रो मानव प्रजातिको सबैभन्दा पूरानो नमूना मानिएको छ । यसअघि अष्ट्रेलियामा ८० हजार वर्ष पूरानो आधुनिक मानव प्रजातिको दाँत तथा ६५ हजार वर्ष पूरानो मानवीय अवशेष फेला परेको थियो । ती अवशेषहरुभन्दा साउदीमा फेला परेको अवशेष सबैभन्दा पूरानो रहेको छ ।

साउदीमा फेला परेको पछिल्लो अवशेषले आधुनिक मानव जाति प्रारम्भिक अवस्थामै अपि|mका बाहिर पृथ्वीका चारैतर्फ फैलिएको प्रमाण प्रस्तुत गरेको छ । उक्त जिवास्मको आनुवंशिक अध्ययनबाट आधुनिक मानव जाति करीब ६० हजार वर्ष पहिले नै अपि|mका र लेभेन्ट अर्थात् एसियाको भूभागबाट बाहिर प्रस्थान गरिसकेको पुष्टि भएको वैज्ञानिकहरुको ठहर छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment