1. ताजा अपडेट
Comments Add Comment

बार्सिलोनाले बनायो ३९ खेलमा अपराजित रेकर्ड

१ वैशाख, काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगामा ३९ खेलमा अपराजित रहँदै नयाँ कीर्तिमान बनाएको छ ।

शनिबार भ्यालेन्सियालाई २-१ गोल अन्तरले हराउँदै बार्सिलोनाले यो रेकर्ड बनाएको हो । यसअघि १९७८/७९ र १९७९/८० को सिजनमा रियल सोसिडाड ३८ खेलमा अपराजित थियो ।

नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले १५ औं मिनेटमा लुइस स्वरेजको गोलबाट अग्रता लिएको थियो । खेलको ५१ औं मिनेटमा उम्टिटीले घरेलु टोलीको अग्रता दोब्बर पारे ।

निर्धारित समयको खेल सकिन ३ मिनेट बाँकी छँदा पाएको पेनाल्टीमा भ्यालेन्सियाका पारेजोले गोल गरे पनि हार टार्न सकेनन् । त्यसअघि बार्सिलोनाका गोलकिपरले गम्भीर गल्ती गरेका थिए तर, कार्लोस सोलेरको क्रसमा रोड्रिगोको प्रहार गोललाइनबाट क्लियर गरेका थिए ।

जितपछि बार्सिलोनाको ३२ खेलबाट ८२ अंक भएको छ र उपाधिका लागि अब मात्र ७ अंक चाहिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

ट्रेन्डिङ

Advertisment