Comments Add Comment

पुलिसको अनौठो दाबी, साढे ५ सय किलो गाँजा मुसाले खायो

केही महिनाअघि भारतको विहार राज्यमा त्यहाँको पुलिस एउटा काण्डले चर्चित बनेको थियो । रक्सी उत्पादक तथा व्यापारीबाट कव्जा गरिएको हजारौँ लिटर अवैध रक्सी मुसाले खाइदिएको दाबी गरेपछि बिहार पुलिस एकाएक चर्चा तथा विवादमा तानिएको थियो । अहिले बिहार पुलिसलाई एक कदम पछि छाडेको छ अर्जेन्टिनाको पुलिसले ।

विहारका मुसाले त रक्सीमात्र खाने रहेछन् । उता अर्जेन्टिनाका मुसा चाहीँ गाँजाकै अम्मली रहेछन् ।

अर्जेन्टिनामा करोडौँ मूल्य पर्ने साढे ५ सय किलो गाँजा मुसाले खाइदिएको दाबी पुलिसले गरेपछि एउटा तहल्का नै मच्चिएको छ ।

त्यहाँको पुलिसले अदालतमा बयान दिँदै प्रहरी चौकीको गोदाममा राखिएको साढे ५ सय किलो गाँजा मुसाले हजम गरेको दाबी गरेको छ ।

लागु औषध सम्बन्धी एक मुद्दामा अदालतमा भएको सुनुवाइका क्रममा बयान दिने क्रममा ८ जना प्रहरी अधिकारीले साढे ५ सय किलो मरिजुयना नामक गाँजाजस्तै लागु पदार्थ मुसाले खाएको दाबी गरेपछि न्यायाधीशहरु पनि तिनछक परे ।

हेरोइन र अफिमजस्तै पश्चिमी देशहरुमा चर्चित लागू औषध मरिजुयनाको अन्तराष्ट्रिय बजारमा मूल्य प्रतिकिलो ३ हजार डलर रहेको छ ।

पुलिस चौकीबाटै ३ हजार किलो त्यो पदार्थ हराउनु र पुलिसले मुसाले खाएको भनेपछि तहल्का नमच्चिने कुरै भएन ।

गत वर्ष पक्राउ गरिएको १३ हजार २ सय किलो उक्त गाँजा भण्डार गरिएको ठाउँ नयाँ पुलिस प्रमुखले जाँच गर्ने क्रममा झण्डै साढे ५ सय किलो गाँजा गायब भएको खुलासा भएको हो ।

पुलिस अधिकारीहरुले मुसाले गाँजा खाएको बयान दिएपछि अदालतले त्यसलाई पत्याएको छैन र यो मुद्दामा थप छानविनको आदेश दिएको छ । विज्ञहरु पनि मुसाले त्यतिधेरै गाँजा खाएको कुरा पत्याउन तयार छैनन् । यदि मुसाले खाएकै भए गोदाममा ठूलो संख्यामा मुसा मरेको पाइनुपर्ने उनीहरुको भनाई छ ।

यो मुद्दाको अर्को पेशी आगामी महिनाका लागि तय गरिएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment