Comments Add Comment

तलब कम भएको झोँकमा यी हुलाकीले यसो गरे


दैनिक खर्चको चाप बढिरहने तर तलब भने जहीँको तहीँ भएसँगै धेरै जागिरे तथा कामकाजी मानिसहरु सधै तनावमा रहन्छन् । खर्च धान्ने पैसा कमाउनका लागि कतिपयले दुई तीनवटा काम गर्दछन् त कतिले खाइपाई आएको जागिर छाडेर अर्को जागिर खोज्छन् । तर आफ्नो तलब कम भएको झोँकमा इटालीका एकजना हुलाकीले जे गरे त्यो चाहीँ सायद अहिलेसम्मकै नौलो हो ।

हुलाकबाट पत्र तथा सामानहरु डेलिभरी गर्ने ती पोस्टम्यान अर्थात् हुलाकीलाई आफ्नो तलब निकै कम भएपछि अति नै रिस उठेछ क्यारे । फलस्वरुप उनले हुलाकमार्फत आफुलाई डेलिभरीका लागि जिम्मा प्राप्त भएका कुनैपनि पार्सल सम्बन्धित मानिसको डेलिभरी गरेनन् । एक दुई दिनमात्र कहाँ हो र ? पूरै तिन वर्षसम्म उनले सामान डेलिभरी नगरीकनै आफ्नो घरमा थुपारिरहे । तर कसैले पत्तो पाएन ।

गत वर्ष सन् २०१७ मा यी हुलाकीले जागिर छाडेका थिए । सेवा निवृत्त भएपछि एक दिन उनी गोजीमा यत्तिकै चक्कु बोकेर हिँडिरहेका थिए । एकदिन अकस्मात् स्थानीय पुलिसले नियमित गस्तीका क्रममा ती मानिसलाई चक्कु साथमा राखको अवस्थामा पक्राउ गर्यो ।

त्यसपछि पुलिसले उनको घरमा खानतलासी गर्न पुग्यो । जब पुलिसले उनको घरका खानतलासी गर्यो तब त्यहाँ डेलिभरी नभएका विभिन्न व्यक्तिका नाउँका ४० बक्सा पार्सल फेला पार्यो । ती बक्समा बैंक स्टेटमेन्ट, बिल, निजी पत्रहरु ल्गायत विभिन्न सामानहरु प्नि थिए । उनले डेलिभरी नगरी घरमा थुपारेका पार्सलहरु जम्माजम्मी ४ सय किलो थिए ।

अन्ततः पुलिसले ती मानिसलाई चोरी गरेको, अवैध हतियार राखेको तथा पत्रहरुको गलत उपयोग गरेको मुद्दा चलायो । ती पूर्व हुलाकीले एक वर्षको जेल सजाय भुक्तान गरिरहेका छन् अहिले ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment