Comments Add Comment

फेसबुकलाई भारतमा भाषाको समस्या

भारता आउँदो वर्ष हुने लोकसभा चुनावअघि फेसबुकले आफ्नो प्लेटफर्मममा गलत जानकारी फैलिनबाट रोक्नका लागि कन्टेन्ट मोडेरेटरहरुको नियुक्ति गर्ने तथा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गर्ने योजना बनाएको छ ।

यद्यपि, विज्ञहरुले चाहीँ भारतमा धेरै प्रकारका भाषाहरु रहेको हुँदा फेसबुकलाई गलत सामाग्रीहरुमाथि लगाम कस्नका लागि समस्या पर्नसक्नेतर्फ सचेत गराएका छन् ।

भारतमा फेसबुक प्रयोगकर्तामध्ये तिन चौथाई स्थानीय भाषाहरुका माध्यमबाट एकअर्कासँग जोडिन्छन् । यस्तोमा फेक न्यूज रोक्नका लागि आर्टिफिसियल इन्टेलिजेन्स टूल निस्प्रभावी हुनसक्छ । किनकि यो टूलले अंग्रेजी भाषामा नै सबैभन्दा प्रभावकारी नतिजा दिन्छ ।

गत वर्ष भारत २४ करोड १० लाख प्रयोगकर्तासँगै फेसबुकका लागि सबैभन्दा ठूलो प्रयोगकर्ता भएको देश बनेको थियो । ती मध्ये धेरै प्रयोगकर्ताले स्मार्टफोनमार्फत फेसबुक चलाउने गर्दछन् । गत वर्ष यता भारतमा फेसबुक प्रयोगकर्ताको संख्यामा अझै बढोत्तरी भएको छ ।

विज्ञका अनुसार आर्टिफिसियल इन्टेलिजेन्स जस्ता टूलले ती भाषाहरुमा प्रभावकारी काम गर्दछ जसमा प्राकृतिक भाषा प्रोसेसिंगको एक इतिहास हुन्छ । अंग्रेजी जस्ता भाषाहरुमा डिजिटल कन्टेन्टको ठूलो डाटाबेस रहेको छ । यस्ता भाषाहरुमा आर्टिफिसियल इन्टेलिजेन्सले भाषाको विश्लेषण गर्न सक्दछ र सटिक नतिजा प्रदान गर्दछ ।

त्यसैले भारतमा रहेको भाषिक विविधता फेसबुकको फेक न्यूज रोक्ने अभियानमा ठूलो सस्याको रुपमा खडा हुने बताइएको छ । यसका लागि फेसबुकले कस्तो आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गर्दछ, त्यो चाहीँ हेर्न बाँकी छ ।

रोचक कुरा के छ भने फेसबुक तथा ऊ स्वामित्वको ह्वाट्सएप गलत जानकारी फैलाउनेहरुका लागि सबैभन्दा लोकप्रिय सोसल मिडियाको रुपमा रहेका छन् । यी प्लेटफर्ममा भ्रमित गर्नेखालका अधिकांश जानकारीहरु क्षेत्रिय भाषामा हुन्छन् । फेसबुकका संस्थापक मार्क जुकरबर्गले मंगलबार अमेरिकी कंग्रेसमा बयान दिँदै फेक न्यूज हटाउनका लागि उपाय अपनाइरहेको र यसमा आर्टिफिसियल टुल्सको प्रयोग पनि एउटा रहेको बताएका थिए ।

उनले फेसबुकको कन्टेन्ट मोडेरेसन टिममा काम गर्नेहरुको संख्या बढाएर २० हजार पूराइनेछ । अहिले फेसबुकसँग झण्डै १५ हजार मोडेरेटर छन् । उनीहरुले फेसबुका फेक न्यूजको पहिचान गर्नका लागि फेसबुकमा पोष्ट हुने विभिन्न सामाग्रीहरुमाथि निगरानी गर्दछन् ।

फेसबुक पछिल्ला दिनमा प्रयोगकर्ताको गोपनियताको सुरक्षामा लापरवाही गरेको आरोप खेपिरहेको छ । करोडौँ प्रयोगकर्ता रहेको भारतमा लाखौँ प्रयोगकर्ताको डाटा लिक भैसकेको फेसबुकले स्विकार गरिसकेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment