Comments Add Comment

सुन्धारामा नयाँ रेस्टुराँ

२ वैशाख, काठमाडौं । युवाको लगानीमा काठमाडौँको सुन्धारामा ‘पिस प्वाइन्ट फुडल्याण्ड’ नामको रेस्टुराँ सञ्चालन गरिएको छ ।

विजय क्षेत्रीसहितका युवाले करीब रु ८२ लाखको लगानीमा सो रेस्टुराँ शुरु गरेका हुन् । क्षेत्रीले सुन्धारामा रहेका रेस्टुराँभन्दा आफूहरूले फरक किसिमको स्तरीय र स्वादिलो खाना खुवाएर ग्राहकलाई संतुष्टि दिने बताए ।

रेस्टुराँ नया“ वर्षको अवसर पारेर वैशाख १ गतेदेखि सञ्चालनमा आएको हो ।

‘पिस प्वाइन्ट फुडल्याण्ड’लाई आगामी दिनमा अन्य स्थानमा पनि विस्तार गर्ने सोच रहेको क्षेत्रीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment