Comments Add Comment

थाइ-लायन एयरलाई नेपालमा उडान अनुमति


२ वैशाख, काठमाडौं । थाइल्यान्डको थाइ-लायन एयरले पनि नेपालमा उडान थाल्ने भएको छ । जेठ २ गतेबाट थाइ-लायनले काठमाडौं उडान गर्ने तय भएको छ ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सातामा ७ पटक उडान गर्ने गरी उडान अनुमति जारी गरेको हो । कम्पनीलाई हप्ताको ३ पटक नियमित र ४ पटक अस्थायी किसिमको उडान भर्न पाउने गरी अनुमतिपत्र दिइएको मन्त्रालयका सहसचिव सुरेश आचार्यले अनलाइनखबरलाई जानकारी दिए ।

यो एयरलाइन्सले बैंककस्थित दन मुयाङ इन्टरनेसनल एयरपोर्टबाट उडान भर्नेछ । यो कम्पनीको प्रवेशसँगै थाइल्याण्डबाट नेपालमा सीधा उडान गर्ने कम्पनी दुई पुगेका छन् । अहिले थाइ एयरवेजले यस्तो सेवा दिइरहेको छ ।

थाइलायन आएपनि नेपालबाट विदेशमा उडानमा भर्ने कम्पनी ३० पुगेको छ । लायन एयरलाइनको भगिनी थाइ-लायन एयरलाइन्स २२ वटा गन्तव्यमा उडान भर्छ । थाइलायनले नेपालमा बोइङ ७३७-८०० जहाजबाट उडान भर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment