Comments Add Comment

१८ वर्षपछि दोहोरिँदै अनिल कपुर र माधुरी दिक्षितको जोडी


एकताका बलिउडमा माधुरी दिक्षित र अनिल कपुरको जोडीलाई खुबै मन पराइएकोउ थियो । उनीहरुले धेरैवटा हिट फिल्म दिएका छन् । तीनै हिट फिल्मध्ये एउटा थियो ‘बेटा’ ।

१८ वर्षपछि अनिल र माधुरीलाई एउट फिल्ममा ल्याउन सफल भएका छन्, सोही फिल्म बेटाका निर्देशन इन्द्र कुमार । उनको कमेडी फिल्म ‘टोटल धमाल’ मा यो जोडीको कमेस्ट्री देख्न सकिनेछ । शनिबार यो फिल्मको मुम्बईमा सुटिङ सुरु भएको छ ।

निर्देशक इन्द्र कुमार भन्छन्, ‘हामी तीन जना फिल्म ‘बेटा’ को २६ वर्षपछि एकसाथ काम गरिरहेका छौं । आफ्नो ब्लकबस्टर जोडीसँग दोहोर्‍याएर काम गर्न पाउँदा म अत्यन्त खुशी छु । उनीहरु यो फिल्ममा पति-पत्नीको भूमिकामा छन् ।’ उनले फिल्मको बारेमा थप जानकारी दिन मानेनन् ।

अजय देवगण अशरद वारसी, जावेद जाफरी, रितेश देशमुख लगायतले पनि यो फिल्ममा अभिनय गरेका छन् । अनिल माधुरीले फिल्मका लागि १५ दिनसम्म सुटिङ गर्नेछन् ।

इन्द्र कुमार भन्छन्, ‘यो बेटाको रियूनियन जस्तै हो । मर्लाइ याद छ कि बेटा रिलिजभन्दा एक हप्ता अगाडि मात्रै हामीले धक-धक गीत सुटिङ गरेका थियौं । सेन्सर बोर्डबाट पहिल्यै सर्टिफिकेट लिइएको थियो । गीतलाई अन्तिम समयमा समावेश गरियो र यसले इतिहास रच्यो ।’
टोटल धमाललाई अजय देवगण, मारुती र फक्स स्टार स्टुडियाृजले निर्माण गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment