Comments Add Comment

भियनामा यसरी गरियो नेपालको पर्यटन प्रबर्द्धन (तस्वीरसहित)

अष्ट्रिया । अष्ट्रियाको राजधानी भियनामा रहेको नेपाली राजदूतावासले नेपालको संस्कृति तथा पर्यटन प्रबर्द्धन सम्बन्धी कार्यक्रम गरेको छ ।

भियनास्थित संयुक्त राष्ट्रसंघ कार्यालयको परिसरमा गत बुधबार उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

नेपाली दूतावास महिला परिवारको सक्रियता तथा युनाइटेड नेसन्स वुमन्स गिल्डका अन्य नेपाली सदस्यहरुको सहयोगमा भएको उक्त कार्यक्रममा नेपाली संस्कृति झल्किने नृत्य तथा भेषभुषाहरु प्रस्तुत गरिएको थियो ।

साथै नेपालका पर्यटकीय क्षेत्रका विषयमा भिडियो प्रदर्शनी तथा परिचयात्मक प्रवचन समेत दिइएको थियो ।

नेपाली कफी मर्निङ नाम दिइएको उक्त कार्यक्रममा नेपालका विभिन्न मौलिक परिकार समेत राखिएको थियो ।

कार्यक्रममा भियनास्थित विभिन्न मुलुकका महिला कुटनीतिज्ञ, नियोग तथा राष्ट्रसंघीय कार्यालयमा कार्यरत कूटनीतिज्ञ तथा कर्मचारीहरुका महिला परिवार लगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमले भियनास्थित कूटनीतिक समुदाय तथा विदेशी नागरिकहरुमा नेपाली मौलिक कला, संस्कृतिका विषयमा जानकारी प्रदान गर्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत सघाउ नेपाली राजदूतावास, भियनाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment