Comments Add Comment

प्रदिप लभस्टोरीबाट बाहिर ननिस्किने, भन्छन्ः अनुहार र शरीरले दिँदैन

नायक प्रदिप खड्काको फिल्म लिलिबिलीले शनिबार धुमधाम व्यापार गर्‍यो । एकै दिनमा एक करोडभन्दा माथिको ग्रस कलेक्सन गरेको निर्माताले बताएका छन् ।

लिलिबिलीको व्यापार प्रदिपको लागि निकै महत्वपूर्ण छ । लगातार दुई हिट फिल्म दिएका उनलाई ह्याट्रिकको दवाव थियो । उनको स्टारडममा विश्वास राखेर निर्माताले ठूलो लगानी पनि गरेका थिए । नेपाली फिल्ममा अहिलेसम्मै सर्वाधिक २२ लाख पारिश्रमिक उनलाई दिइएको थियो ।

फिल्मले शुक्रबार औसत गरे पनि शनिबार राम्रो पिकअप लियो । यद्यपि, शनिबार नयाा वर्ष पनि भएकाले फिल्मको व्यापारको ग्राम उच्च रहेको मान्न सकिन्छ । यो साताको फिल्मको व्यापारले यसको व्यापारिक सफलता निर्धारण गर्नेछ ।

प्रदिप राम्रो फ्यान फलोइङ भएका नायक हुन् । चकलेटी नायकालाई लभरव्वाईको रुपमा रुचाइएको छ । तर, कतिपयले भने उनलाई आफ्नो भूमिकामा विवधता दिन पनि सुझाएका छन् । तर, प्रदिप लभर व्वाईकै भूमिकामा रमाइरहेका छन् । अझै केही वर्ष लभ स्टोरी कथाभन्दा बाहिर नजाने बताए । शनिबार हलमा भेटिएका नायक खड्काले अहिले नै आफूलाई अन्य भूमिका नसुहाउने उल्लेख गरे ।

प्रदिपले भने-‘सबैले नयाँ भूमिका किन गर्नुहुन्न भन्नुहुन्छ । तर, दर्शकले मलाई लभरब्वाइकै भूमिकामा देख्न मन लागेको प्रतिक्रिया दिनुभएको छ । अहिले अन्य क्यारेक्टर गर्न अनुहार, उमेर र शरीरले पनि दिदैन ।’

चलचित्र वृत्तमा अहिले नायक अनमोल केसी, प्रदिप खड्का लगायतका कलाकारलाई स्टार, सुपरस्टार भनिन्छ । तर, प्रदिप यो कुरा मान्न तयार छैनन् । उनी भन्छन्-‘हामीले आधा दर्जन चलचित्र पनि गरेका छैनौ । यसैले, स्टार नै भनिहाल्ने बेला भएको छैन । कम्तीमा पनि यो क्षेत्रमा एक दशक बिताएपछि हामीलाई त्यो उपमा दिन सुहाउँछ होला ।’

प्रदिप अहिले हलमा पुग्दा दर्शकको शैली फेरिएको बताउँछन् । अहिले दर्शकको भीडबाट बाहिर निस्कन गाह्रो पर्न थालेको अनुभव उनले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment