Comments Add Comment

नयाँ बर्षमा हलहरु भरिभराउः सबै फिल्मले दर्शक पाए


नेपाली चलचित्र हेर्नका लागि दर्शक उर्लने समय कुन कुन होला ? तिज, दशै, माघे संक्रान्ती, तिहार, नयाँ बर्ष । यी समयमा हलमा दर्शकको बाढी लाग्छ ।

अझ, नयाँ बर्षमा त हलमा दर्शक अचम्मैसँग आउँछन् । यसैले, पनि यो समयमा रिलिज भएका चलचित्रहरुले एक दिनमै राम्रो कमाई गरेका छन् ।

यो बर्षको सुरुवाती दिनमा पनि यस्तै भीड हलमा देखियो । एकातिर शनिबार, अर्कोतिर नयाँ बर्ष । हलमा दर्शकको भीड थामिनसक्नु भयो । रिलिज भएका नयाँ २ चलचित्रसँगै चौथो हप्तामा चलिरहेको चलचित्र ‘सत्रु गते’ हेर्न हलमा दर्शक उर्लिए ।

हलमा जुन चलचित्रका कलाकार गए पनि ती दर्शकको हुटिङ र माया पाए । काठमाडौमा सबैभन्दा बढी भिडभाड हुने हलहरु गोपिकृष्ण र अष्टनारायणमा दर्शकको चाप थामिनसक्नु थियो ।

शुक्रबार कुमारी हलमा दर्शक नभएर ‘नेप्टे’ को शो नै क्यान्सिल भएको थियो । त्यही कुमारी हलमा शनिबार ‘नेप्टे’ हाउसफूल भएको बोर्ड टासियो । चौथो हप्तामा रिलिज भैरहेको चलचित्र ‘सत्रु गते’को क्यूएफएक्सको १६ शो त बिहानै सोल्ड आउट भैसकेको थियो ।

यस्तै, क्रेज चलचित्र ‘लिलिबिली’मा पनि देखियो । चलचित्रका नायक प्रदिप खड्का, नायिका जसिता गुरुङ अष्टनारायण र गोपि हल पुगे । अष्टनारायणको ठूलो पर्दामा ‘लिलिबिली’ दिनभर हाउसफूल भयो । चलचित्र ‘नेप्टे’ पनि सानो हलमा हाउसफूल भयो । उत्साहित बनेका नेप्टेका निर्माता रोहित रुम्बा फिल्मका कलाकार बुद्धी तामाङलाई लिएर सो हलमा पुगेका थिए । बुद्धि बुम बोकेर फिल्म हेरेर निस्केका दर्शकहरुको प्रतिक्रिया लिइरहेका देखिन्थे ।

यता, गोपिकृष्णको परिदृश्य पनि यस्तै थियो । गोपिकृष्ण मुभिजको सबैभन्दा ठूलो हल गोपिमा ‘लिलिबिली’ दिनभर नै हाउसफूल भयो । यस्तै, ‘सत्रु गते, तिमीसँग, वागी २, नेप्टे’ पनि अन्य पर्दामा हाउफूल नै रहे । ७ वटा पर्दाका दर्शक एकसाथ गोपिकृष्ण मुभिजको परिसरमा देखिदा भीड थामिनसक्नु भयो ।

काठमाडौ बाहिर पनि ‘लिलिबिली, नेप्टे’ले हाउफूलको व्यापार गरे । नयाँ बर्षको दिनले निर्मातालाई ठूलो राहत दिलायो । तर, आज आइतबारबाट त्यो क्रेज हलमा देखियो भने चलचित्रले लगानी उठाउन सक्नेछन् । चलचित्र ‘लिलिबिली’का निर्माता गोविन्द शाहीले भने-‘शनिबारको जस्तै क्रेज एक साता देखियो भने लगानी उठ्छ ।’ के गोविन्दले लगानी उठाउनका लागि एक हप्ता यस्तै दर्शक हलमा देखिएलान्, प्रतिक्षा गरौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment