Comments Add Comment

शिल्पा र अनुपको ‘विराङ्गना’ असारमा

चलचित्र ‘विराङ्गना’को रिलिज डेट फाइनल गरिएको छ । यो चलचित्र असार २९ गतेबाट रिलिज हुने भएको छ । राज बहादुर सानेको निर्देशनमा तयार भएको यो चलचित्रलाई नारी प्रधान कथामा तयार गरिएको छ ।

चलचित्रमा बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार र विमला भट्ट निर्माता तथा देव तामाङ सह-निर्माता रहेको रहेको यो चलचित्र र्फोथ आई मुभिजको ब्यानरमा निर्माण गरिएको हो ।

यो चलचित्रमा शिल्पा पोखरेल र अनुप विक्रम शाही मुख्य भूमिकामा छन् । चलचित्रमा शिल्पा र अनुप सशस्त्र प्रहरीको भूमिकामा छन् । साथमा यो चलचित्रमा पृथ्वीराज प्रसाई, धिरेन शाक्य , प्रज्वल गिरी , प्रिया रिजाल, ध्रुव कोईराला, सुशिल पोखरेल अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारहरुको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment