Comments Add Comment

अफ्रिकामा नेपालीले मनाए नयाँ वर्ष

गैरअावासीय नेपाली संघको युगान्डा र नाइजेरिया राष्ट्रिय समन्वय समितिले युगान्डाको कम्पाला र नाइजेरियाको लेगोसमा नयाँ वर्ष ०७५ लाई भब्य रुपमा स्वागत गरेका छन् ।

कम्पालामा आयोजित कार्यक्रममा स्थानीय नेपाली कलाकारहरु रमेश कडेल, तेजेन्द्र बिबश र पवन भन्डारीले गीत नृत्य प्रस्तुत गरेका थिए भने संघका आइसीसी सदस्य जीवन पङ्गेनी, अध्यक्ष राजमणि भन्डारी र उपाध्यक्ष बिनोद थापाले शुभकामना मन्तव्य राखेका थिए ।

त्यसैगरी नाइजेरियामा आयोजित नयाँ वर्ष कार्यक्रममा संघका अन्तर्राष्ट्रिय समितीका कोषाध्यक्ष हिक्मत थापा, आइसीसी सदस्य चिरन्जिबी रोका, अध्यक्ष जनक बिष्ट र उपाध्यक्ष बिश्वास पौडेलले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा शंकर बर्माले नारायण गोपालका कालजयी  गीत  गाएका थिए भने नेपाली गीत सङ्गीत प्रस्तुत गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment