Comments Add Comment

विश्व प्रसिद्ध सग्रादा फैमिलियामा नेपालको पर्यटन प्रबर्द्धन

बार्सिलोना/ बिश्व प्रसिद्द एक ठूलो रोमन क्याथोलिक गिरजाघर सग्रादा फैमिलिया अगाडि नेपालको पर्यटन प्रवर्धन कार्यक्रम सम्पन्न भएको छ।

१३५ वर्षअघि शिलान्यास भएर पनि अझै बनिरहेको गिरजाघर हेर्न दैनिक हजारौ पर्यटकहरुको घुइचो लाग्ने गर्छ। स्पेन बार्सिलोनामा रहेको सोही चर्चको अगाडि नेपाली झण्ड़ाहरुले सजिएको नेपाल चिनाउने स्टलसहित शनिबार पर्यटन प्रवर्धन कार्यक्रम सम्पन्न भएको हो।

सामुदायिक विकास योजना (प्ला कमुन्तारी) साग्रदा फ़ैमिलियाले यस बर्ष पनि अन्तरसाँस्कृतिक कार्यक्रमको आयोजना गर्यो। बिभिन्न मुलुकहरुको कला, संस्कृति,भेषभूसा तथा रहनसहन झल्कने कार्यक्रममा नेपाली जनप्रगतिशील मञ्च स्पेनले नेपाली समुदायको प्रतिनिधित्व गरेको हो।

मञ्चका अध्यक्ष अर्जुन आचार्यले स्पेन लगायत,अफ्रिकी,दक्षिण अमेरिकी लगायत विश्वका बिभिन्न मुलुकहरुबाट  सहभागिता भइरहेको बेला नेपाललाई पनि कुनै न कुनै रुपमा नेपाल चिनाउन अन्तरसाँस्कृतिक कार्यक्रममा भाग लिएको बताए। उनले भने,’नेपाल सानो मुलुक भए पनि सांस्कृतिक विविधतासहित घुम्नका लागि उपयुक्त छ भन्ने सन्देश हामीले दिएका हौ।’

विश्व प्रसिद्ध वास्तुकला विशेषज्ञ अन्तोनी गौदीको परिकल्पना रहेको चर्च अगाडी कार्यक्रम गर्न कातोलोनिया सरकारको सामाजिक तथा सांस्कृतिक बिभाग तथा नगरपालिकाको समेत सहयोग रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment