Comments Add Comment

पार्टी एकीकरण प्रक्रिया अन्योलमा, ओलीसँगको वार्ता रद्द गरेर प्रचण्ड सुकुटे पुगे

खुमलटार पुगेर माधव नेपालले भने-पार्टी एकीकरण नरोकौं

२ वैशाख,काठमाडौं । एमालेसँग औपचारिक पार्टी एकीकरण प्रक्रिया संवादहीन अवस्थामा रहेका बेला माओवादी अध्यक्ष प्रचण्ड आराम गर्न लागि सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम रद्द गरेर प्रचण्ड सुकुटेतर्फ लागेका हुन् । उनी सुकुटे बीच रिसोर्टमा बसेका छन् ।

तनावबाट मुक्त हुन प्रचण्ड यसअघि पनि पटक पटक सुकुटे पुग्ने गरेका छन् । ओली कर्णाली प्रदेशबाट फर्किए लगत्तै आइतवार साँझ बालुवाटारमै दुई नेताबीच पार्टी एकीकरण टुंगो लगाउन वार्ता हुने भनिएको थियो । तर प्रचण्डको सचिवालयबाट आउन नसकिने जानकारी ओलीको सचिवालयलाई गराइएको स्रोतले जनाएको छ ।

तनाव भएको बेला रिफ्रेसका लागि प्राय सिन्धुपाल्चोकको सुकुटे आउँने गरेका दाहाल आइतबार पनि परिवार सहित सुकुटेको इक्वेटर बिच रिसोर्टमाा बस्ने कार्यक्रम रहेको छ । माओवादी केन्द्रका नेता एवम सांसद अग्नी सापकोटा सहितको टोेली रिसोर्टमा बस्ने योजना रहेको माओवादी सिन्धुपाल्चोकका नेता माधव सापकोटाले जानकारी दिए ।

‘नितान्त आरमका लागि जानु भएको हो,अरु खासै केही छैन’ सापकोटाले भने । सुकुटेमा रहदा पार्टीका नेता कार्यकर्ताहरुसँग भेटघाटको कार्यक्रम नरहेको सापकोटाले बताए । पूर्वप्रधानमन्त्री समेत रहेका दाहाल सिन्धुपाल्चोक आउने भएपछि अरनिको राजमार्ग आसपासको सुरक्षा व्यवस्था कडा पारीएको छ ।

एकीकरण प्रक्रिया अवरुद्ध

वैशाख ९ गते पार्टी एकीकरण गर्ने निर्णय गरेर भारत भ्रमणमा निस्किएका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली फर्किएपछि एकता प्रक्रियाले गति लिन सकेको छैन । आइजिपी नियुक्ति प्रकरणमा भेट भएका दुई नेताबीच यसबीचमा वार्ता समेत भएको छैन ।

यसबीचमा पार्टी एकता संयोजन समिति बैठक डाकेर पनि स्थगत गरिएको थियो । प्रधानमन्त्री ओली राराबाट फर्किएपछि दुई नेताबीच एकताबारे छलफल हुने अनुमान गरिएको थियो । तर ओली फर्किए लगत्तै प्रचण्ड सुकेटतर्फ लागेका छन् ।

यसअघि आइतवार विहान प्रचण्ड र एमालेका बरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टी एकीकरणको बारेमा छलफल भएको थियो । प्रचण्डलाई भेट्न नेता नेपाल खुमलटार पुगेका थिए । वार्ताको बारेमा दुवै पक्षले केही भनेका छैनन् ।

नेपाल निकट स्रोतका अनुसार पार्टी एकताप्रति प्रचण्ड पछिल्लो समयमा उत्साही नदेखिएकाले उनी खुमलटार पुगेका हुन् । प्रचण्डमा कतिपय कुराको शंसय रहेको आफूले पाएको नेपालले निकटस्थहरुलाई बताएका छन् । एकीकरण प्रक्रिया सकेसम्म बैशाख ९ मै टुंग्याउन नेपालले आग्रह गरेका छन् ।

माओवादी अध्यक्ष प्रचण्ड एकातिर राज्यसत्ता र पार्टी सत्तामा यसबीचमा आफ्नो स्थानबारे प्रष्ट हुनु चाहिरहेका छन् । अर्कोतिर बराबरी संख्याका आधारमा पार्टी एकीकरण गर्न र बिधानको प्रस्तावनामा जनयुद्ध शब्द राख्न कार्यकर्ता पंक्तिबाट दबाब छ ।

एमाले पक्षले भने चुनावको परिणामलाई मुख्य आधार बनाएर संगठन एकीकरण गर्नुपर्ने भन्दै माओवादीले भनेको ५०/५० कुनै हालतमा नहुने बताएको छ । जनयुद्ध शब्द राख्ने सन्दर्भमा भाषा मिलाउन सकिने एमाले नेताहरुको दावी छ । चुनाव चिन्ह सूर्यमा भने दुवै दल सहमत हुने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment