Comments Add Comment

हिमालयन बैंकले पनि अन्तराष्ट्रिय वित्त निगमबाट कर्जा ल्याउदै

२ वैशाख, काठमाडौं । हिमालयन बैंक र विश्व बैंक समूह अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी) बीच चैत २८ गते एक समारोहका बीच महिला उद्यमीहरुको साना तथा मझौला व्यवसायमा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ ।

सम्झौता पत्रमा हिमालयन बैंकका तर्फबाट कार्यकारी प्रमुख अशोक शम्शेर राणा र आइ एफ सि का तर्फबाट आवाशिय प्रतिनिधि एम रेहान रशिदले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार आइएफसिले बैंकलाई आवश्यक कोष कर्जा स्वरुप उपलब्ध गराउने छ । महिला उद्यमीहरुको साना तथा मझौला व्यापार स्थापना, सञ्चालन र प्रवद्र्धन गर्नु उक्त सम्झौताको मुख्य उदेश्य हो । बैंक लिमिटेडले प्राप्त गरेको उक्त रकम नेपाली महिला उद्यमीहरुको साना तथा मझौला व्यवसायलाई प्रोत्साहन तथा प्रवद्र्धन गर्ने प्रयोग गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment