Comments Add Comment

नयाँ वर्षमा एचडीएनपीद्वारा घरबारबिहीनलाई खाना

१५ अप्रील, टेक्सस । एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर घरबारबिहीनलाई त्रैमासिक रुपमा खुवाउँदै आएको छ । सोही क्रममा नयाँ वर्षको अवसरमा उनीहरूलार्इ खाना खुवाइएको छ ।

एचडीएनपी इन्टरनेसनलका संस्थापक देवी आचार्यले जानकारी दिए अनुसार करिब ४७५ भन्दा धेरैलाई खाना खुवाएको जनाएका छन् ।

आचार्य नेपाल गएको समयमा पशुपतिमा भिक्षा माग्ने जोगी, असहाय, घरबारबिहीन, दुखिलाई शिव रात्रिको अवसरमा खाद्यान्न वितरण गरेका थिए ।

हरेक महिनामा नेपालको पशुपतिनाथमा घरवारबिहिन तथा आफ्ना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई बिशेष सहयोग प्रदान गर्दै आएको छ ।

टेक्सास राज्यको ड्यालसमा स्थापना भएको एचडीएनपी इन्टरनेसनलले स्थापना कालदेखि नै घरबाहरबिहीन मानिसहरुलाई त्रैमासिक रुपमा खाना खुवाउदै आएको लाई निरन्तरता दिएको छ ।

टेक्ससको फोर्ट वर्थको युनिटी पार्कमा उक्त खाना खुवाइएको हो । उक्त कार्यक्रममा अफ्रिकन अमेरिकन, नेपाली , अमेरिकन, फिलिपिन्स, भारतीय मूलकाले स्वयम् सेवकको रुपमा सहयोग गरेका थिए ।

खाना खुवाउने अतिरिक्त संस्थाले त्रैमासिक रुपमा रक्तदान को आयोजना गर्दछ । संस्थाले समाज सेवाको साथै उनीहरुको लागि स्वास्थ्य, शिक्षा र जिविको पार्जन गर्नेदेखि लिएर उनीहरुलाई सशक्तिकरण गर्ने काम पनि गरि रहेको छ ।

हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल) अमेरिकी सरकारको मुनाफा रहित सामाजिक संस्थामा दर्ता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment