Comments Add Comment

प्रेमिका खोज्दै हरेक वर्ष १४ हजार किलोमिटर उड्छ यो चरा

ब्रोड्स्का भारोस, क्रोयशिया । प्रेम मानव समुदायमा मात्रै सिमित छैन । यो पशुपंक्षीहरुमा पनि ब्याप्त छ । नत्र एउटा भाले सारस पोथी सारसलाई भेट्न किन वर्षेनी हजारौं माइलको यात्रा गर्थ्यो ।

क्रोयशियाको एक जोडी सारस क्लेपेटन र मालेनामा पशुपंक्षीबीच प्रेम र त्यागको अनुपम उदाहरण हुन् ।

दक्षिण अफ्रिकाबाट क्लेपेटनान मार्चको अन्तिममा क्रोयशियामा रहेको ब्रोड्स्की भारोस गाउँमा छिर्‍यो । उ यो गाउँमा पसेको लगातार १६ औं वर्ष हो । यहाँ उसले फेरि आफ्नो जीवनको प्रेमलाई भेट्यो, एउटा सेतो सारस मलेना । यो जोडीले अहिलेसम्म ६२ वटा चल्ला जन्माइसकेको छ, र मलेना थप जन्माउने प्रतिक्षामा छिन् ।

यो जोडी सारस यतिबेला क्रोयशियामा सेलिब्रेटीजस्ता बनेका छन् ।

स्थानीय स्कुलका केयरटेकर ७१ वषिर्य स्टजेपान भोकिकले सन् १९९३ मा मलेनालाई पाल्न थालेका थिए । शिकारीहरुले उनलाई गोली हानेर घाइते तुल्याएको अवस्थामा भोकिकले मलेनालाई भेटाएका थिए ।

जाडोमा भोकिकले मलेनालाई एउटा स्टोरेज बिल्डिङमा गुँडमा राख्छन् । जाडोमा चाही विल्डिङको छतमा ।

क्लेपेटनाले आफ्ना सन्तानहरुलाई उड्न सिकाँछ र आफूसँगै लैजान्छ । मलेना भने भोकिकसँगै बस्छिन् । भोकिकले उनलाई नुहाइदिन्छ, खुट्टामा क्रिम लगाइदन्छ ।
‘म उनलाई लिएर माछा मार्न पनि जान्छु । हामी सँगै टिभी हेर्छौं,’ भोकिकले एफपीलाई भने ।

‘यदि मैले उनलाई पोखरीमै छोडेको भए फ्याउराहरुले त्यतिबेलै खाइसक्थे । तर, मैले उनको भाग्य बदलेँ । त्यसैले उनको जीवनका लागि म जिम्मेवार छु,’ उनी भन्छन् ।
क्लेपेटनाले एउटा ट्र्याकिङ रिङ लगाउँछ । उसको अन्तिम आप्रवासन गन्तव्य केप टाउन नजिक पहिचान गरिएको छ, जुन मलेनाबाट १४ हजार किलोमिटर छ । उसलाई यो यात्रा गर्न एक महिनाभन्दा बढि लाग्छ ।

क्रोयशियामा १ हजार ५ सय जोडी सेता सारसहरु बस्ने गर्छन् । मध्ये क्रोयशियाको सिगोक गाउँ सन् १९९४ मा पहिलो सारस गाउँका रुपमा चिनिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment