Comments Add Comment

म्यानचेष्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि

२ वैशाख, काठमाडौं । म्यानचेष्टर युनाइटेडले वेष्टब्रोमसँग अप्रत्यासित हार व्यहोर्दा सिटीले भने प्रिमियर लिगको उपाधि जितेको छ ।

दोस्रो स्थानमा रहेको युनाइटेडले वेष्टब्रोमसँग १-० को हार व्यहोरेको हो । यो हारसँगै युनाइटेड लिग लिडर सिटीभन्दा १६ अंकले पछाडि परेको छ र लिगमा अब उसले ५ खेल मात्र खेल्न बाँकी छ ।

यो सिटीको पछिल्लो सात सिजनमा तेस्रो र पेप ग्वार्डिओलाको प्रशिक्षणमा पहिलो लिग उपाधि हो । सिटीले यो सिजन सुरुदेखि नै उपाधि होडमा आफ्नो दबदबा कायम राखेको थियो ।

सिटीले यो सिजन लिगमा लगातार १८ खेलमा जितको रेकर्ड बनाएको छ । उसले जम्मा २ खेल हारेको उसले हरेक टिमलाई कम्तिमा एक पटक हराएको छ ।

यदि जनवरीमा एन्फिल्डमा लिभरपुलसँग ४-३ ले नहारेको भए सिंगो सिजन अपराजित हुनसक्ने सम्भावना थियो । इभर्टनविरुद्ध ८२.१३ प्रतिशत बल पोजिसन कायम गरेर सिटीले अर्को रेकर्ड बनाएको छ ।

साथै मात्र एक खेलमा गोल गर्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment