Comments Add Comment

यसकारण जिन्सको चेनमा लेखिएकोे हुन्छ YKK


सायद तपाइँले ख्याल गर्नुभएकै होला  धेरैजसो जिन्सको जिपर अर्थात् चेनमा YKK लेखिएको हुन्छ । आखिर जिन्सको जिपमा किन यस्तो लेखिएको हुन्छ त ? कहिल्यै कारण खोज्ने कष्ट गर्नुभएको छ ? सायद छैन होला । आउनुस् यसको अर्थ जानौँ ।

वास्तवमा YKK को अर्थ Yoshida Kōgyō Kabushikigaisha हो । सायद तपाइँ हामी मध्ये धेरैले यो नाम पहिलोपटक सुनेका हौँला । वास्तवमा यो नाम त्यस कम्पनीको हो, जुन विश्वमा जिन्स तथा अन्य कपडाको चेन अर्थात् जिपर बनाउने सबैभन्दा पहिलो कम्पनी हो । विश्वभरमा प्रयोगमा आउने आधाभन्दा धेरै जिपर यहीँ कम्पनीले उत्पादन गर्ने गर्दछ । अहिले यो देशले ७१ वटा देशमा आफ्नो उत्पादन गर्दै आएको छ । सन् १९३४ मा जापानको टोकियोका एक व्यापारी तादाओ योशिडाले जिपरको आविष्कार गरी यसको व्यवसायिक उत्पादन गर्नका लागि यो कम्पनीको स्थापना गरेका थिए ।

वास्तवमा ती आविष्कारकलाई मान्नै पर्दछ । जसले निकै सानो तर महत्वपूर्ण मानिने वस्तुको आविष्कार गरे, जुन विश्वका अर्बाैं मानिसले प्रयोग गरिरहेका छन् र यसले मानिसको लाज जोगाइदिएको छ । यतिमात्र होइन, लाखौँ मानिसलाई रोजगारी पनि दिएको छ ।

यो कम्पनीले चेनका अलावा कपडा र ब्यागमा लगाउने अन्य चिजहरु पनि उत्पादन गर्दछ । यो कम्पनीको सबैभन्दा ठूलो कारखाना अमेरिकाको जर्जियामा छ । त्यहाँ दैनिक ७० लाख चेन उत्पादन गरिन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment