Comments Add Comment

जब ४० लाखको सुन लगाएर बेहुला भोजमा पुगे


विवाहमा कपडा तथा गहनामा मानिसहरुले राम्रै खर्च गर्दछन् । कहिलेकाहीँ त हद पार गरेरै खर्च गरिन्छ देखासिकीमा । खासगरी बेहुलीका लुगा तथा गहनामा बेहुला पक्षले मोटै रकम खर्चिएको हुन्छ । तर पाकिस्तानमा चाहिँ बेहुली हैन बेहुलाले झण्डै ४० लाख रुपैयाँ बराबरको सुन लगाएर आफ्नो बिहेको रिसेप्सनमा पुगेपछि सबै तीनछक परे ।

सुनले छाइएका ती बेहुलाको तस्वीर सोसल मिडियामा भाइरल बनिरहेको छ ।

लाहोर सहरको घटना हो यो । त्यहाँ एकजना बेहुला सुनले सजिएका सूट लगाएर आफ्नो बिहे भोजमा सामेल भए । उक्त सूटको मूल्य निकै धेरै थियो किनकि त्यसमा क्रिस्टल समेत लगाइएको थियो । ती बेहुलाले टाई पनि सुनको लगाएका थिए । सुनको टार्इ दश तोला सुनबाट बनेको थियो ।

त्यतिमात्र होइन, ती बेहुलाले जुत्ता पनि सुनकै लगाएका थिए । उनले लगाएका जुत्ता ३२ तोला सुनले बनेका थिए ।

समाचार अनुसार ती बेहुलाको नाम हाफिज सलान शाहिद हो । उनी एक व्यवसायी हुन् ।

एजेन्सीको सहयेगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment