Comments Add Comment

गुगलले हार्‍याे बिर्सन पाउने हकको मुद्दा


बिर्सन पाउने हकका खातिर गुगलविरुद्ध बेलायतका उच्च अदालतमा मुद्दा लडिरहेका एक व्यवसायीले मुद्दा जितेका छन् ।

मुद्दासँग सम्बन्धित संवेदनशीलताका कारण नाम गोप्य राखिएका ती व्यक्तिले गुगल सर्चबाट आफ्नो विगतका आपराधिक गतिविधिहरुका सामग्री हटाउन माग गर्दै मुद्दा हालेका थिए ।

शुक्रबार यस मुद्दामा सुनुवाई गर्दै न्यायाधीश मार्क वार्बीले ती व्यक्तिको पक्षमा फैसला सुनाएका हुन् ।

तर यस्तैखाले मागदाबी गरेका अर्का एक व्यवसायीले भने मुद्दा हारेका छन् । उनले विगतमा गरेको अपराध जघन्य प्रकृतिको भएको हुँदा त्यसलाई गुगल सर्चको नतिजामा लुकाउन नमिल्ने ठहर उनको छ ।

गुगलविरुद्धको मुद्दा जितेका व्यवसायीले दश वर्षअघि सञ्चार अवरुद्ध पार्न खोजेको अभियोगमा पक्राउ परी जेल समेत बसेका थिए ।

जबकी मुद्दा हार्ने व्यवसायीले चाहिँ बैंक खाताको झुटो विवरण सम्बन्धी मुद्दामा ४ वर्षको जेल सजाय भोगेका थिए ।

ती व्यवसायीहरुको बारेमा गुगलमा सर्च गर्दा उनीहरुका विगतका क्रियाकलाप तथा अभियोग र जेल सजाय लगायतका समाचारका नतिजाहरु देखा पर्दथे । ती तथ्यहरु हल असान्दर्भिक रहेको र त्यसले आफ्नो हालको प्रतिष्ठामा आँच पूराएको भन्दै ती दुई व्यवसायीले गुगल सर्चबाट आफ्नो सम्बन्धी ती नतिजा हटाउन गुगललाई अनुरोध गरेका थिए ।

तर गुगलले त्यो अस्विकार गरेपछि उनीहरु गुगल विरुद्धमा अदालतमा पुगेका थिए ।

अदालतमा दुई व्यवसायीको हकमा दुइथरी फैसला गरेको छ र अदालतको फैसलाको पालना गरिने गुगलले जनाएको छ ।

गुगलद्धारा जारी विज्ञप्तीमा भनिएको छ- बिर्सिन पाउने हकको पालना गर्न हामीले कडा मेहेनत गरिरहेका छौँ । तर सार्वजनिक चाँसोका विषयवस्तुहरु गुगल सर्च नतिजाबाट नहटुन् भन्ने कुरामा पनि हामी सचेत छौँ ।

स्पेनका मारियो कोस्टेजा गोन्जालेजको मुद्दाका सन्दर्भमा युरोपेली न्यायालयले सन् २०१४ मा बिर्सिन पाउने हक सम्बन्धी नजिर स्थापित गरेको थियो । ती व्यक्तिले आफ्नो वित्तिय इतिहास सम्बन्धी विवरणका नतिजाहरु ह्टाउन गरेको माग र त्यस सम्बन्धमा युरोपेली न्यायालयको फैसलापछि ग’गलले त्यस सम्बन्धी ८ लाख पेजहरु गुगल सर्चबाट हटाएको थियो ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment