Comments Add Comment

फ्रान्सका राष्ट्रपति माक्रोनको दाबी– सिरियाबाट अमेरिकी सेना फिर्ता हुँदैन


३ वैशाख, काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्मानुयल माक्रोनले सिरियाबाट सेना फिर्ता नगर्न आफूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सहमत गराएको बताएका छन् ।

ट्रम्पले यो महिनाको शुरुमै सिरियाबाट सेना फिर्ता गर्ने बताएका थिए । तर ट्रम्पको यस्तो अभिव्यक्तिको केही समयपछि नै फ्रान्सका राष्ट्रपति माक्रोनले ट्रम्पलाई आफूले सेना फिर्ता नगर्न सहमत गराएको दाबी गरेका छन् ।

सिरियामा अमेरिकाको झण्डै २ हजार सेना परिचालित भएको बताइन्छ ।

‘टम्पलाई सिरियाबाट सेना फिर्ता नगर्न मैले सहमत बनाएको छु’, माक्रोनको भनाइ कोट गर्दै बीबीसीले लेखेको छ ।

शनिबार हवाई हमला शुरु गर्नुअघि नै आफूले ट्रम्पलाई दीर्घकालसम्मका लागि त्यहाँ रहन मञ्जुर गराएको दाबी माक्रोनकाे छ ।

सिरियाको विद्रोही नियन्त्रित क्षेत्रमा शनिबारदेखि अमेरिका, बेलायत र फ्रान्सले संयुक्त आक्रमण गरिरहेका छन् । सिरियाको सरकारले रसायनिक हतियार प्रयोग गरेको जवाफस्वरुप तीन मुलुकले संयुक्त रुपमा त्यहाँ आक्रमण थालेको हुन् । जसको प्रतिक्रियामा विश्व नै विभाजित हुन पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment