Comments Add Comment

एफबीआईका पूर्वप्रमुखले भने- ट्रम्प राष्ट्रपति पदमा रहन अयोग्य

३ वैशाख, काठमाडौं । अमेरिकी संघीय जाँच व्यूरो (एफबीआई)का एक जना पूर्वप्रमुखले डोनाल्ड ट्रम्प राष्ट्रपति पदमा रहन नैतिक रुपमा अयोग्य रहेको बताएका छन् ।

एफबीआईका पूर्वप्रमुख जेम्स कमईले आइतबार एक टेलिभिजन अन्तर्वार्तामा भने, ‘मलाई लाग्दैन कि उनी राष्ट्रपति बन्नका लागि चिकित्सकीय रुपमा अयोग्य छन् । तर, उनी नैतिकरुपमा राष्ट्रपति बन्न योग्य छैनन् ।

राष्ट्रपति ट्रम्पले देशको प्रमुख मूल्य मान्यताको सम्मान र पालना गर्नुपर्ने तर त्यसो नगरेको जेम्सले आरोप लगाए ।

यसअघि ट्रम्पले जेम्स कमईलाई एफबीआईका सबैभन्दा खराब प्रमुख भनेका थिए । ट्रम्पले २०१७ को मे महिनामा उनलाई एफबीआई प्रमुखबाट निस्कासित गरिदिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment