Comments Add Comment

कुवेरको एकल साँझमा रमाए दर्शक


३ वैशाख, इलाम । सरल स्वभाव र मधुर स्वरका धनी कुबेर राईले आइतबार साँझ एकल साँझमा गीत गाइरहँदा अनुशासित स्रोताले आधा रातसम्म साथ दिए ।

राईको गृह जिल्ला इलाममा आयोजना गरिएको यो तेस्रो एकल कार्यक्रम हो । र, हरेक कार्यक्रममा उनलाई सुनिरहेकै हुन्छन्, इलामे स्रोता र दर्शकहरुले । तर पनि उनीप्रतिको क्रेज थपिँदो छ ।

यसको उदाहरण गौतम बुद्धसभागृहमा भरिभराउ दर्शकहरु नै हुन् । ‘अल्झिएका शीतहरु पातपातमा’ बोलको गीतबाट गायन शुरु गरेका राईले स्वर सम्राट नारायण गोपाललाई सम्झँदै उनका झण्डै आधा दर्जन कालजयी गीतहरु गाए ।

भारत दार्जिलिङ्ग र मिरिकका वाद्यवादकहरुको साथमा राईले ०४२ सालमा रेडियो नेपालमा रेकर्ड गराएर २० रुपैयाँ पारिश्रमिक लिएको प्रसंग साट्दै आफ्नो बहुचर्चित गीत ‘मायाले मूलबाटो भूलेछ’ बोलको गीत गाएका थिए । राईले आफ्ना चार वटा एकल गीति एल्बम र नारायण गोपालका कालजयी अढाई दर्जन गीतहरु गाएका थिए ।

इलाम सदरमुकाम स्थापनाको २ सय वर्षको अवसरमा आयोजित इलाम महोत्सवको अवसरमा इलाम नगरपालिकाले राईको एकल गायन कार्यक्रम आयोजना गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment