Comments Add Comment

ठकुरी सहयोग सञ्जाल यूएईको अध्यक्षमा भीमबहादुर मल्ल

यूएई /यूएईमा रहेका ठकुरीहरु मिलेर गएको शुक्रबार एक सहयोग सञ्जाल को समिति बनाएका छन् । यूएईको बर दुबई स्थित लुम्बिनी ड्रिम गार्डनमा गएको शुक्रबार प्रथम अधिबेशन भएको सम्पन्न  थियो ।

लोकेन्द्रबहादुर बमको सभापतित्वमा सम्पन्न अधिबेशनले यूएईका विभिन्न स्थानमा रोजगारी तथा ब्यापार ब्यवसायमा रहेका ठकुरी हरु तथा धेरै संघसँस्थाका प्रतिनिधिहरु ले कार्यक्रम लाई थप हौसला प्रदान गरेका थिए ।

नेपालदेखि संस्थाको पहिलो अधिबेशन सम्पन्न गर्नको आएका रेशमजङ्ग शाहको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलामा अध्यक्षमा भीमबहादुर मल्ललाई सर्बसहमत निर्बाचित गराएको हो ।

यसैगरी सँस्थाको उपाध्यक्षहरुमा दीपक शाही, दिनेश मल्ल तथा नारायण चन्द रहेका छन । महासचिवमा जीवनजङ्ग ठकुरी सचिबमा दिनेशकुमार मल्ल तथा सह-सचिवमा जितु उचइ ठकुरी, कोषाध्यक्षमा शारदा शाह, सह-कोषाध्यक्ष मा चन्द्रा शाही सेन रहेका छन् ।

संस्थाको सदस्यहरुमा क्रमश: सुरज शाह, सुनिलजङ्ग मल्ल , हिमाल जङ्ग शाही,त्रिलोक चन्द , लोकबहादुर बंशी, तप्तबहादुर शाही,  रामसेन ठकुरी, मीना शाही, नरेस सेन, पूर्णबहादुर शाही, बलेन्द्र मल्ल, बिश्वबम मल्ल र अरुण बिक्रम शाह रहेका छन ।

त्यसै गरी सँस्थाको संरक्षकमा नरेश सेन रहेका छन् । नयाँ कार्यसमिती गठन हुनासाथ नवगठित समितिले लोकेन्द्रबहादुर बमलाई बरिष्ठ सल्लाहकार मा मनोनित गरेको छ । अन्य सल्लाहकार हरुमा तारा मल्ल , बिश्व शाह , केबन जङ्ग शाही , गगन शाही , भिम हमाल तथा लेन मल्ल मनोनित भएका छन ।

कार्यक्रम बिदेश बिभाग प्रमुख रामु शाही ठकुरीले संचालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment