Comments Add Comment

दिशा र आलियाको अगाडि करिनाको ‘समर लुक’ फिक्का


गर्मी लागेसँगे बलिउड नायिकाहरुका लुगा छोट्टनि थालेका छन् । उनीहरुबीच कोभन्दा को हट देखिने प्रतिस्पर्धा सुरु भएको छ । हालै नायिका करिना कपुरको समर लुक सार्वजनिक भयो । त्यसलाई फ्यानहरुले मन पराए । तर, जब दिशा पटानी र आलिया भट्टको समरलुक आयो, करिना फ्लप भइन् । दिशा र अलियाको अगाडि उनी फिक्का देखिएकी छिन् ।

दिशा यसै पनि फेसन र फिटनेसका लागि कहलिएकी छिन् । ‘बागी २’ सुपरहिट भएपछि त उनीमाथि धेरैको नजर परिरहेको छ । यति नै बेला उनी हरियो रंगको वान पिस ड्रेसमा देखिएकी हुन् । यो स्लीभलेस ड्रेसमा उनी हदै खुलेकी छिन् ।

यता आलिया भट्ट पनि कम छैनन् । उनको कालो बुट्टा भएको सेतो वान पिस ड्रेस सिम्पल तर सुहाउँदो छ । साथै हेयर स्टायलले पनि उनको लुकलाई थप आकर्षक बनाएको देखियो ।

यता करिना कपुर भने स्लीभलेस टिसर्ट र जिन्स पाइन्टको क्याजुअल लुकमा छिन् । यसले खासै धेरैको ध्यान खिच्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment