Comments Add Comment

रिलायन्सले ल्यायो ‘मेरो मुटु बाल जीवन बीमा’ योजना

३ वैशाख, काठमाडौं ।  रिलायन्स इन्स्योरेन्सले नयाँ वर्ष २०७५ को अवसरमा मेरो मुटु बाल जीवन बीमा योजना सञ्चालनमा ल्याएको छ ।
एक महिने शिशुदेखि माथिका बालबालिकाको बीमा गर्न सकिने यो योजनाले दिर्घकालको वित्तीय सुरक्षा र बचतको सुनिश्चितता प्रदान गर्ने कम्पनीले उल्लेख गरेको छ ।

बीमा परिपक्व हुँदा प्राप्त गर्ने लाभ बाहेक पनि यो योजनाले अवधि बाँकी रहँदै प्रस्तावकको मृत्यु भएमा वा पूर्ण अपांगता भएमा प्रिमियम शुल्क लाग्ने छैन । त्यस्तै बच्चाको भविक्ष्य सुनिश्चितताको लागि कुल बीमांक रकमको एक प्रतिशत बराबरको रकम हरेक महिना प्रादन गरिनेछ ।
हालसम्म कम्पनीले पाँच प्रकारका बीमा योजना सञ्चालनमा ल्याएको छ भने थप तीन योजना तयारी अवस्थामा रहेका छन् ।

सिद्धार्थ बैंक लगायतका अन्य घरानाहरुको प्रवद्र्धनमा कम्पनी सञ्चालनमा छ । २१ करोड रुपैयाँ अधिकृत रहेको कम्पनीमो हाल १४ करोड ७० लाख चुक्ता पुँजी रहेको छ । कम्पनीले सर्वसाधारणमा ६ करोड ३० लाख रुपैयाँ बराबरको सेयर जारी गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment