Comments Add Comment

न्यूर्योकमा पनि खुल्यो बाजेको सेकुवा, दोहा, सिड्नी र फिनल्याण्डमा पनि विस्तार हुने


३ वैशाख, काठमाडौं। बाजेको सेकुवाको आउटलेट अमेरिकामा  पनि खुलेको छ।  न्यूर्योकस्थित क्विन्स सन्निसार्इडमा नयाँ वर्षको अवसरमा नयाँ आउटलेटबाट सेवा सुरू भएको हो ।

बाजेको सेकुवाका अमेरिकाका लगानीकर्ता दीपक भण्डारीले नेपालको रेष्टुरेन्ट र परिकारलार्इ अन्तर्राष्ट्रियकरण गर्न पाएकोमा खुशी व्यक्त गरे।

बाजेको सेकुवाका अध्यक्ष चेतन भण्डारीले सन् २०२४ सम्ममा अमेरिकाका विभिन्न शहरमा आधा दर्जन शाखा विस्तार गर्ने बताए । अहिले मुलुकभित्र बाजेको सेकुवाको १३ वटा आउटलेट छ।

उनका अनुसार कतारको दोहा, सिड्नी र फिनल्याण्डमा समेत शाखा विस्तार गर्ने तयारी भइरहेको छ। शाखा उद्घाटनको अवसरमा गायक रामकृष्ण ढकाल,जगदिश हमाल र गीता बुर्लाकोटीले आफ्नो प्रस्तुति दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment