Comments Add Comment

शिक्षकहरुलाई प्रचण्डले भनेः छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्नू

३ बैशाख, काठमाडौं । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शिक्षकहरुलाई आफ्ना बालबालिका सामुदायिक विद्यालयमै भर्ना गर्न निर्देशन दिएका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको एक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘तपाईहरुका छोराछोरी सामुदायिक विद्यालयमै पढाउनु होला ।’

सामुदायिक विद्यालयको गुणस्तर बृद्धि गर्नुपर्ने भन्दै अध्यक्ष प्रचण्डले त्यसका लागि सबैले प्रतिबद्धता गर्नुपर्ने बताए ।

साथै निजी विद्यालयहरुका सम्बन्धमा शुल्क घटाउन दवाव सिर्जना गर्नुपर्ने भन्दै अध्यक्ष प्रचण्डले अहिले निषेध नै गरेर जान नहुँने उल्लेख गरे । ‘निजी क्षेत्रलाई थोरै प्रेसर क्रेट गरौं, उनले भने,’निषेध गरेर पनि हुँदैन ।’

कार्यक्रममा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले समेत शिक्षकहरुलाई निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment