Comments Add Comment

ओली-प्रचण्ड वार्ता : मतभेद पनि भएन, ठोस प्रगति पनि रहेन

३ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग गर्ने भनिएको भेटवार्ता रद्द गर्दै आरामका लागि सुकुटे पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार काठमाडौं फर्किए र झण्डै डेढ घन्टा ‘वान टु वान’ वार्ता गरे ।

पार्टी एकताबारे अन्यौल देखिएको बेला बालुवाटारमा भएको दुई नेताको वार्तालाई अर्थपूर्ण मानिएको छ ।

भेट लगतै भोलि मंगलबार ९ बजे पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको छ ।

प्रधानमन्त्री भारतको राजकीय भ्रमणमा जानु अघि नै २७ गते बैठक बस्ने तय भएको थियो । तर, माधवकुमार नेपाल चीन गएको भन्दै बसेन । भोलिपल्ट माओवादी अध्यक्ष प्रचण्ड विरामी भएको भन्दै बैठक स्थगित गरिएको थियो ।

मतभेद पनि भएन, ठोस पनि केही छैन

नेताहरुका अनुसार ओली र प्रचण्डबीच सोमबार भएको वार्तामा विवादित विषयहरुमा कुनै ठोस प्रगति भएको छैन । सबै विषयमा एकसरो छलफल भने भएको छ ।

२९९ सदस्यीय केन्द्रीय कमिटीमा एमाले र माओवादीबाट कतिकति हुने भन्ने प्रश्न जटिल बनेको छ । एमालेले ७०/३० को अनुपात भनेपछि माओवादी झस्किएको छ र उसले समान ५०/५० हुनु पर्ने मत अघि सारेको छ ।

यस्तै नेतृत्व सञ्चालन कार्यविधि पनि तय भएको छैन । केपी ओली र प्रचण्ड दुबै अध्यक्ष हुने भनिएको छ तर, दुबै अध्यक्ष कार्यकारी हुने कि एउटा सेरेमोनियल अर्को कार्यकारी हुुनु टुंगो छैन । यसमा पनि ठूलै समस्या देखिएको छ ।

एकीकृत पार्टीको चुनाव चिन्ह लगायतमा पनि एमाले र माओवादीबीच सहमति हुन सकेको छैन ।

‘बैठकमा मतभेद नै पनि भएन । हल हुन बाँकी विषयहरुमा कुनै ठोस प्रगति पनि भएन । स्रोतले भन्यो, ‘तर, ‘दुई नेताको भेटले सम्वादहीनता टुटेको छ र पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको छ । यो सकारात्मक हो ।’

यो पनि पढ्नुहोस्

माओवादीको निश्कर्षः ओलीको राष्ट्रवाद घोप्टियो, माधव नेपाल पिँध नभएका लोटा !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment