Comments Add Comment

‘डमरुको डण्डिबियो’का लागि खगेन्द्रको दौडधुप


वैशाख २१ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘डमरुको डण्डिबियो’को टिम मोफसल टुर सकेर काठमाण्डौ फर्किएको छ । पोखरा, बुटवल, नारायणगढ, धरानमा झन्डै एक साता लगाएर चलचित्रको प्रचार गरिएको थियो । चलचित्रका लेखक तथा मुख्य कलाकार खगेन्द्र लामिछानेले देशबाट लोप हुँदै गएको खेल डण्डिबियोको संरक्षणमा यो चलचित्र बनेको बताए ।

चलचित्रको मोफसल टुर सकिएलगतै अब काठमाण्डौमा केन्दि्रत प्रचार सुरु गर्ने योजना गरिएको छ । गत सातादेखि काठमाण्डौका मुख्य मल र चोकमा ‘ठ्याक’ लगाउँने प्रतिस्पर्धा चलिरहेको छ । चलचित्रको ट्रेलर र गीतले दर्शकको ध्यान खिचेको छ ।

समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई छेतन गुरुङले निर्देशन गरेका हुन् । चलचित्रमा अनुप बराल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, वुद्दि तामाङ, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रलाई विनोद गुरुङ र नोर्वु छिरिङ घलेले निर्माण गरेका हुन् । यो चलचित्र नेपालसँगै अष्ट्रेलियामा पनि एकैदिनमा रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment