मंगलबार, १ साउन, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki

जनता बैंकको कोहलपुर शाखाबाट कारोवार सुरु

Suzuki
अनलाइनखबर


३ वैशाख, काठमाडौं । जनता बैंक नेपालले आफ्नो १०८ औं शाखाबाट कारोवार शुभारम्भ गरेको छ । कोहलपुरमा रहेको सो शाखा बााके जिल्लाको भने दोस्रो शाखा हो ।

सो शाखाबाट पनि अन्य शाखाहरुमाझै आधुनिक बैंकिङ सेवाका साथै रेमिटेन्स सेवा र बैंकास्योरेन्स सेवा लिन सकिनेछ । कोहलपुर नगरपालिका क्षेत्रमा बासोवास गर्ने जनताहरुलाई सहज बैंकिङ सेवा पुर्‍याउने पहल अनुसार स्थापना गरिएको यस शाखाबाट नेपालगंज शाखाका ग्राहकहरुका साथै पूर्व पश्चिम राजमार्गमा यात्रा गर्ने ग्राहकहरुले समेत थप सेवा प्राप्त गर्न सक्ने बैंकले बताएको छ ।

हाल बैंकको ३३ शाखा रहित बैंकिङ, २ सिमित बैंकिङ ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।

२०७५ वैशाख ३ गते १५:४८ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this