Comments Add Comment

नयाँ शैक्षिक सत्रका लागि त्रिविले तोक्यो सीट संख्या

३ बैशाखा, काठमाडाैं । त्रिवि कार्यकारी परिषद्को बैठकले स्नात्तकोत्तर तहको भर्नाका लागि नयाँ सीट संख्या तोकेको छ । त्रिविले आर्थिक वर्ष ७५/०७६ का लागि नयाँ सीट संख्या तोकेको हो ।

त्रिबिले एमडी/एमएस/एमडीएसमा नयाँ भर्नाका लागि त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम), महाराजगञ्जका लागि क्लिनिकल विषयतर्फ ८७ सीट संख्या निर्धारण गरेको छ ।

त्यसैगरी, बेसिक साइन्स र दन्त चिकित्सा लगायतका विषयमा १८, जनरल सर्जरी, इन्र्टनल मेडिसिन, स्त्री तथा प्रसुति रोग तथा जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिनतर्फ सबैभन्दा बढी १०/१० सीट संख्या तोकेको छ ।

त्यस्तै, सम्बन्धन प्राप्त कलेजतर्फ त्रिविले चितवन मेडिकल कलेज र नेपाली सेनाको अस्पताललाई सबैभन्दा बढी सीट संख्या तोकेको छ । जसअन्तर्गत चितवन मेडिकल कलेज, भरतपुरले इन्टरनल मेडिसितमा ५, जनरल सर्जरीमा ७ सामान्य चिकित्सामा १४ गरी करिब ४४ सीट प्राप्त गरेको छ ।

त्यस्तै, नेपाली सेनाको इन्स्टिच्यूट अफ हेल्थ साइन्स, सानो भर्‍याङ्गले ४६ सीट पाएको छ ।

आगामी वर्षको भर्नाका लागि सीट पाउनेहरुमा युनिभर्सल कलेज अफ मेडिकल साइन्स, भैरहवा समेत रहेको छ ।

नेशनल मेडिकल कलेज, भैरहवाले आगामी शैक्षिक सत्रका लागि कुल ३७ सीट प्राप्त गरेकोमा त्यसमध्य जनरल सर्जरी तथा प्याथोलोजीतर्फ सबैभन्दा धेरै ५-५ सीट प्राप्त गरेको छ ।

त्यस्तै, बीरगञ्जस्थित नेशनल मेडिकल कलेजले ३० सीट , चितवन मेडिकल कलेज, भरतपुरले ४४ सीट, पिपुल्स डेन्टल कलेज, नयाँ बजारले ८ सीट, किष्ट मेडिकल कलेज,ललितपुरले १० सीट, गण्डकी मेडिकल कलेज, पोखराले १२ सीट तथा मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्स, सोल्टीमोडले १६ सीट प्राप्त गरेको छ ।

त्रिबि चिकित्साशास्त्र अध्ययन संस्थानको गत चैत १३ गते बसेको फ्याकल्टी बोर्डको वैठकले गरेको सिफारिसका आधारमा त्रिवि कार्यकारी परिषद्को नयाँ सीट संख्या तोकेको हो ।

नयाँ भर्नाका लागि २२ लाख

त्रिविले चिकित्साशास्त्रतर्फ स्नातकोत्तर तह -एमडी/एमएस’एमडीएस)को अध्ययनका लागि नयाँ भर्ना शुल्क निर्धारण गरेको छ ।

नयाँ भर्ना शुल्क अन्तर्गत त्रिविले क्लिनिकल तर्फको एमडी/एमएस र एमडीएस तर्फको लागि २२ लाख रुपैयाँ शुल्क निर्धारण गरेको हो ।

त्रिवि कार्यकारी परिषद्को गत चैत २३ गते बसेको वैठकले एमडी/एमएस/एमडीएस तर्फ नयाँ भर्नाका लागि शुल्क २२ तथा बेसिक साइन्सतर्फ १२ लाख तीन हजार, जनस्वास्थ्य तर्फ दश लाख ९१ हजार रुपैयाँ कायम गरेको हो ।

यसअघि चिकित्सा शिक्षा सुधारको माग राख्दै पटक पटक अनसन बस्दै आएका डा. गोविन्द केसीले चिकित्साशास्त्रतर्फ स्नातकोत्तर तह -एमडी/एमएस’एमडीएस)को शुल्क २३ लाख हुनु पर्ने माग राख्दै आएका थिए ।

त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम)को फ्याकल्टी बोर्डको बैठकले एमडीएमएस/एमडीएसको शुल्क २३ लाख पुर्‍याउन सिफारिस गर्दै आएका थिए ।

नयाँ भर्ना शुल्क निर्धारण भएसँगै यस वर्ष स्नात्तकोत्तर तहमा भर्ना हुन चाहने विद्यार्थीले तीन वर्ष शैक्षिक कार्यक्रमको हकमा प्रथम किस्ता ५० प्रतिशत भर्नाको समयमा, दोश्रो र तेश्रो किस्ता २५/२५ प्रतिशत क्रमश दोश्रो र तेश्रो वर्षको सुरुवातमा बुझाउन सक्नेछन् ।

त्यस्तै, दुई वर्षे शैक्षिक कार्यक्रमको हकमा भर्नाको समयमा ५० प्रतिशत र बाकी दोश्रो किस्ता ५० प्रतिशत दोश्रो वर्षको सुरुअातमा बुझाउन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment