Comments Add Comment

रुख कटहरका चमत्कारी फाइदा

रुख कटहर अचम्म खालको तरकारी हो । यो तरकारी हो कि फलफूल हो भन्ने कुरामा पनि मतभेद पाइन्छ । कतिपय स्थानमा यसको सेवन गुणकारी मानिन्छ भने कतिपय मानिस यसलाई हेर्नसम्म पनि रुचाउँदैनन् । कतै यसलाई तन्त्रमन्त्रका लागि उपयोगमा ल्याइन्छ भने कतै यसलाई अशुभ मानेर छुनसम्म डराउँछन् मानिसहरू ।

अहिले रुखकटहर तरकारीका रूपमा खाने सिजन हो । यसलाई मीठो तथा पौष्टिक तरकारीका रूपमा खाइन्छ । काँचो छँदा तरकारी खाइने भए पनि पाकेपछि यसको फल खाइन्छ । यसको फल मात्र नभई बियाँसमेत उत्तिकै पौष्टिक तथा गुणकारी मानिन्छ ।

रुखकटहर खानुका फाइदा के क छन् ? जानिराखौँ,

-रुखकटहरमा थुप्रै पौष्टिक तत्व पाइनछ । यसमा भिटामिन ए, सी, थाइमिन, पोटासियम, क्याल्सियम, र्‍याबोप\mलेमिन, आइरन, नियासिन एवं जिंकजस्ता थुप्रै तत्व पाइन्छन् । यसमा फाइबर पनि प्रशस्त पाइन्छ ।

-यसमा कत्ति पनि क्यालोरी हुँदैन । पाकेको कटहरको गुदीलाई राम्रोसँग मिचेर पानीमा उमाल्ने । सेलाएपछि यसको गिलास पिउँदा शरीरमा ताजगी पैदा हुन्छ । यो मुटुरोगीका लागिसमेत उपयोगी मानिन्छ ।

-रुखकटहरमा पोटासियम पाइने भएकाले यसले मुटुका हरेक समस्यामा राम्रो गर्छ । यसले रक्तचाप कम गराउँछ ।

-रुख कटहरमा पर्याप्त आइरन पाइन्छ तसर्थ यसको सेवन गर्दा एनिमिया हुन पाउँदैन । शरीरमा रक्तसञ्चार समेत राम्रो पार्छ ।

-रुख कटहरको जरा दमको रोगीका लागि लाभदायक मानिन्छ । यसको जरालाई पानीमा मज्जासँग उमालेर त्यसलाई छानेर पिउँदा दम नियन्त्रण हुन्छ ।

-थाइराइड रोगीका लागि पनि यो हितकारक हुन्छ । यसमा पाइने सूक्ष्म खनिज तथा कपरले थाइराइड रोगीलाई फाइदा पुर्‍याउँछ ।

-हड्डीका लागि पनि रुखकटहर फाइदाजनक मानिन्छ । यसमा पाइने म्याग्नेसियमले हड्डी बलियो बनाउँछ र भविष्यमा असिटयोपोरोसिसको समस्या हुनबाट बचाउँछ ।

-यसमा पाइने भिटामिन सी र ए ले रोगप्रतिरोधात्मक क्षमता बढाउन ठूलो भूमिका निर्वाह गर्छ । यसले ब्याक्टेरिया तथा भाइरसबाट हुने इन्फेक्सनबाट समेत जोगाउँछ ।

-रुखकटहरले अल्सर तथा पाचनसम्बन्धी समस्या काम गर्न सहयोग गर्छ । कब्जियत हटाउनका लागि यसले प्रभावकारी रूपमा काम गर्छ ।

-रुखकटहरमा पाइने भिटामिन ए आँखा तथा छालाका लागि राम्रो मानिन्छ । यसले आँखाको ज्योति बढाउन तथा छालामा निखार ल्याउन सहयोग गर्छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment