Advertisement skip this
  1. ताजा अपडेट
Comments Add Comment
JIwan
२०७५ वैशाख ६ गते १०:१०
नेपाल मा हिन्दुले जस्तो लुटतन्त्र मचाउने अरु कोइ छैन . सबै भन्दा धेरै धर्म परिवर्तन गराउने धुर्त हिन्दूहरु नै हुन । हजारौ बर्ष देखीको सभ्यता, धर्म र सस्कृती बोकेका सोझा जनजातीको धर्म लाई धुर्त्याइ गरी तहस नहस पारेर जबर्जस्ती हिन्दू बनाएर २० % पनि नभएको हिन्दू लाई ८०% पुर्याए । तेती मात्र होईन आफ्नै मौलिकता बोकेको बुद्धिस्ट धर्मलाई पनि हिन्दू को आवरण दिने निन्दनिय काम गरे । नेपाल एक बहुधर्मिक राष्ट्र थियो । बिभिन्न जनजातीका बिभिन्न धर्म सहित एक धर्म निरपेक्छ्य राष्ट्र थियो । केहि धुर्त हिन्दू हरु (जो आयातित हुन्) मिलेर बस्ने नाममा र धर्मिक सहिसुण्ताको नाम मा सोझा जनजातीको धर्म र सस्कृती माथि आक्रमण गरे । आफ्नो धर्मलाई माथि पुर्याउन हर्सम्भ्ब धुर्त्याइ गरे । जनजातीमा चेतना जाग्न नदिन धेरै प्रयस गरे । अहिले जब जनजातीहरुमा चेतनाको बिकास भयो तब अतिक्रमन कारी हिन्दूहरु निव्न लगेको दियो झै चम्किन लागेका छन । अब नेपाल म हिन्दू हरुको अत्याचार सकिने दिन सुरु भैसक्यो । हामी जनजातीहरु लाई अब भ्रम मा राख्न सक्दैनौ ।
Umesh Sharma
२०७५ वैशाख ४ गते १३:४१
जनताको सुबिधाको लागि सार्वजनिक स्कुल ,मन्दिर बनाउनु लाई अन्यथा लिनु नहुने हो चाहे जो कसैले बनाए पनि हुनसक्छ सरकारको अनुमतिलिएर तर यस्तो पनि समाचार बनाउने घटिया पत्रकार को पित पत्रकारिता प्रती खेद ब्यक्त गर्दा फरक नपर्ला !!
अर्जुन थापा
२०७५ वैशाख ४ गते १२:४७
कुन देश ले अतिक्रमण गरेछ चितवन राष्ट्रिय निकुञ्जमा?? फेरि त्या स्वामी ले आफ्नो लागि आलि सान महल बनाएर बसेका छन र ?? सिमान मा 50 औ हजार हेक्टर जमिन अतिक्रमण हुदा तिम्रा अँखा मा चाइ खुर्सानी को धुलो परेको थियो छ र चुइक्क बल्न एक शब्द लेख्न न सक्ने ले निकुञ्जको जमिन अतिक्रम भको देख्ने ती गोल्भेडा कि आख निकुञ्ज को जमिन अतिक्रमण गरेर चीन ले लग्या होर ?? अतिक्रम
P S
२०७५ वैशाख ४ गते ६:१३
अरू धर्म र जातजातीले हडपेको नदेख्ने हिन्दुले सामाजिक काम गरेको रिस गर्ने !
Chandra
२०७५ वैशाख ३ गते २३:३०
निकुन्ज भित्र तेत्रो पक्कि दरबार कसरी बन्यो??? भगवानको नाममा ब्रम्हलुट गर्न कानुनि छुट कहाँ छ सरकार???
kashinath gautam
२०७५ वैशाख ३ गते २२:०७
जग्गा अतिक्रमण गर्ने अब बाबा जि बन्नु पर्ने भयो सरकार

चितवन राष्ट्रिय निकुञ्जमा बाबाजीको रजाइँ !

निकुञ्जको जमीन द्वन्द्वपीडित, भूमिहीन र धर्मगुरुका नाममा मासिँदै

३ वैशाख, काठमाडौं । बेलाबला विवादमा आइरहने स्वामी कमलनयनाचार्यले चितवन राष्ट्रिय निकुञ्जको ‘कोर एरिया’ नै अतिक्रमण गरेको खुलासा भएको छ ।

उनले निकुञ्जको १० हेक्टर भन्दा बढी जमिन हडपेका छन्, जसमा झण्डै ८ हेक्टर निकुञ्जको कोर एरियामा परेको पाइएको छ ।

उनी मात्र होइन, माओवादी विद्रोहकालका द्वन्द्वपीडितदेखि विभिन्न नाममा राष्ट्रिय निकुञ्जको १ हजार २११ हेक्टर जमिन अतिक्रमण गरेको पाइएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज नवलपरासीसम्म फैलिएको छ । नवलपरासीका त्रिवेणी मध्यवर्ती क्षेत्रको नजिकैको गजग्राह क्षेत्रमा अवस्थित १०.०६ हेक्टर जमिन ०३४/३५ सालदेखि नै धार्मिक गुरु (कमलनयनाचार्य) ले अतिक्रमण गर्दै आएका छन् ।

बाबाजीले गजेन्द्रमोक्ष धाम नामक मन्दिर, पक्की विद्यालय भवन, आश्रम, भोजनालयजस्ता संरचनाहरु निर्माण गरी निकुञ्जको अतिक्रमण गर्दै आएका हुन् ।

निकुञ्जको ७.७९ हेक्टर ‘कोर’ क्षेत्र तथा मध्यवर्ती क्षेत्रको २.२७ हेक्टर जमिन उनने चर्चिएका छन् । त्यहाँ पक्की भौतिक संरचनाहरू निर्माण गरेका छन् ।

निकुञ्जका अधिकारीहरुले शक्तिको आडमा निकुञ्ज अतिक्रमण भएको भन्दै कमलनयनाचार्यलाई हटाउन नसकिएको बताउँछन् । एक अधिकारीले भने, ‘ठोस राजनीतिक प्रतिवद्धता नआएसम्म अतिक्रमण हटाउन सक्ने अवस्था छैन ।’

निकुञ्जमा बाबाजीले गरेको अतिक्रमणको प्रमाण सरकारी दस्तावेजमै भेटिएको छ । महालेखा परीक्षकको कार्यालय केही दिनअघि मात्रै सार्वजनिक गरेको ५५ औं प्रतिवेदनमा अतिक्रमण रोक्नुपर्ने सुझाव दिँदै भनिएको छ ‘निकुञ्ज क्षेत्रको अतिक्रमणलाई तुरुन्त रोक लगाई दोषीलाई कारबाही गर्नुपर्दछ ।’

तर, निकुञ्जका अधिकारीहरुले शक्तिको आडमा निकुञ्ज अतिक्रमण भएको भन्दै कमलनयनाचार्यलाई हटाउन नसकिएको बताउँछन् । एक अधिकारीले भने, ‘ठोस राजनीतिक प्रतिवद्धता नआएसम्म अतिक्रमण हटाउन सक्ने अवस्था छैन ।’

१२११ हेक्टर जमिन अतिक्रमण हुँदा सरकार मूकदर्शक

चितवन राष्ट्रिय निकुञ्जभित्रको सयौं हेक्टर सार्वजनिक जमिन वर्षौंदेखि अतिक्रमणको चपेटामा पर्दै आएको छ । निकुञ्जभित्रको एक हजार २११ हेक्टर जमिनमा भूमिहीन किसानदेखि धार्मिक बाबासम्मले वर्षौंदेखि दोहन गर्दै आएका हुन् ।

कुल ९३ हजार २ सय हेक्टर क्षेत्रफलको राष्ट्रिय निकुञ्ज वर्षौंदेखि अतिक्रमण हुँदा समेत सरकारले रोक्न सकेको छैन । दुई वर्षअघि केपी ओली नेतृत्वकै सरकारले कमलनयनाचार्यकै पक्षमा हुने गरी निकुञ्जको सीमा हेरफेर गरेको थियो । त्यसबेला पदमपुरको २१ वर्गकिलोमिटर भूभाग निकुञ्जमा गाभेर ०.३४ बर्गकिमी मध्यवर्ती क्षेत्रतिर सार्ने निर्णय भएको थियो ।

महालेखाले भने अझै कमलनयनाचार्यले १० हेक्टर जमिन अतिक्रमण गरेको बताएको छ । सरकारको महत्वपूर्ण सम्पत्तिका रुपमा रहेको राष्ट्रिय निकुञ्जको जमिन वर्षौंदेखि व्यक्तिगत प्रयोजनका लागि उपयोग गर्नु कानूनविपरीतको कार्य भएको उल्लेख गर्दै महालेखाले त्यस्तो कार्य रोक्न सरकारलाई सुझाएको छ ।

निकुञ्ज क्षेत्रको मध्यवर्ती क्षेत्रका नवलपरासी जिल्लामा ५, चितवनका ५ र मकवानपुर तथा पर्साका १/१ गरी १२ क्षेत्र यस्तो अतिक्रमणको चपेटामा परेका हुन् ।

अचम्म त के छ भने त्यहाँको जमीन करिब ३५ वर्षअघि ०३४/३५ देखि नै अतिक्रमण हुँदै आइरहेको छ ।

कानूनबमोजिम दण्डनीय भए पनि दशकौंदेखि पनि यस्तो कार्य रोकिएको छैन, बरु फैलिँदो छ ।

जग्गा (नापजाँच) ऐन, २०१९ को दफा ६ (ग) बमोजिम साबिकमा सरकारी वा सार्वजनिक जग्गा जनिई नाप जाँच भएको कुनै जग्गा कसैले आवाद, कमोद वा घरबास गरी अतिक्रमण गरी भोग गरेको भए पनि नाप जाँच गर्दा त्यस्तो जग्गा सरकारी वा सार्वजनिक जग्गाको रुपमा दर्ता गर्नुपर्ने व्यवस्था छ ।

नवलपरासीकै विभिन्न चार उपभोक्तासमिति अन्तर्गतको ३२४.१४ हेक्टर जमिन अतिक्रमणको चपेटामा परेको छ । त्यहाँ पक्की घर, गोठ बन्नुका साथै खेतीपाती हुन्छ ।

नवलपरासीकै त्रिवेणी मध्यवर्ती उपभोक्ता समितिको क्षेत्रमा रहेको त्रिवेणी सुस्ताको सानो कउलानीको क्यापटाडी, साहुमारा र शिवनगरगढीमा ४८.५१ हेक्टर जग्गा अतिक्रमण भएको छ । ०३४/०३५ सालदेखि नै अतिक्रमण भएको यस क्षेत्रमा करिब ८०/८५ घरधुरी बसोबास गर्दै आएका छन् ।

त्यस्तै, निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने दाउन्नेदेवी उपभोक्ता समितिअन्तर्गत नयाँ बेलाहानीको तमासपुरमा पर्ने ठूलो पोखरा र पानवारी मध्यवर्ती सामुदायिक वनमा २४१.५५ हेक्टर जग्गा अतिक्रमण भएको पाइएको छ । करिब ७०० घरधुरीले वन अतिक्रमण गरी जमिन उपभोग गर्दै आएका छन् ।

मध्यवर्ती क्षेत्रकै लामीचौर उपभोक्ता समिति क्षेत्रको पिठौलीमा पर्ने शान्ति, राजरत्न र कुढौली मध्यवर्ती सामुदायिक वनको सीमानामा करिब ७० घरधुरीले २७.०२ हेक्टर जग्गा विगत २०४५ सालदेखि अतिक्रमण गरेका थिए ।

निकुञ्जकै मध्यवर्ती क्षेत्रमा पर्ने सिख्रौली उपभोक्ता समिति अन्तर्गत साविक मुकुन्दपुर गाउँ विकास समितिको वडा नं. ६ मा पर्ने प्रस्तावित पितौजी मध्यवर्ती सामुदायिक वनको ८.०६ हेक्टर जग्गा अतिक्रमित भएको छ । त्यस क्षेत्रमा करिब ५५ घरधुरीले ०५० सालदेखि वन अतिक्रमण गर्दै आएका हुन् ।

रुख मारेर ८१२ हेक्टर अतिक्रमित

निकुञ्जको मध्यवर्ती क्षेत्रमा चितवन जिल्लाको मात्रै करिब ८१२ हेक्टर जमीन अतिक्रमणमा परेको महालेखाले जनाएको छ ।

यस जिल्लाको अयोध्यापुरी क्षेत्रमा पर्ने बाँदरझुल्ला, कुसुमखोला, कान्छी बगाई र प्याउली भन्ने स्थानमा सामुहिक रुपमा सबैभन्दा धेरै अतिक्रमण भएको छ भने अन्य क्षेत्रहरूमा सीमाना मिच्दै जाने क्रम बढेको छ । पटिहानी, मेघौली लगायतका केही क्षेत्रमा बाढीपिडित तथा नदी कटानका नाममा अतिक्रमण गरिएको छ ।

जिल्लाको माडीक्षेत्रमा पर्ने अयोध्यापुरीस्थित बाँदरझुल्ला चुरे क्षेत्र तथा बगाई क्षेत्रको चक्ला वनअन्तर्गतको मुख्य क्षेत्रमा ०४७ सालदेखि नै वन क्षेत्र अतिक्रमण सुरु भएको थियो ।

निकुञ्जको मध्यवर्ती क्षेत्रमा चितवन जिल्लाको मात्रै करिब ८१२ हेक्टर जमीन अतिक्रमणमा परेको महालेखाले जनाएको छ ।

अतिक्रमण बढ्न थालेपछि ०५८ मा अतिक्रमण हटाई खाली गरे पनि माओवादी द्वन्दको समयमा विस्थापितहरुले पुनः अतिक्रमण थालेका थिए । त्यहाँ अहिलेसम्म ५३९.०१ हेक्टर वन क्षेत्र अतिक्रमण गरी करिब ५५० घरटहरा बनिसकेका छन् ।

जिल्लाकै अयोध्यापुरी क्षेत्रका कुसुम खोला, प्याउली र कान्छी बगाई लगायतका क्षेत्रमा पनि सामुहिक अतिक्रमण भएको छ । यी क्षेत्रमा ०३३ सालदेखि नै अतिक्रमण थालिएको थियो । कुसुम खोलामा १५४.८५ हेक्टर जमिन अतिक्रमित छ ।

त्यस्तै, जिल्लाको प्याउली भन्ने ठाउँ आसपासमा वनमा सालका रुख सुकाएर मार्ने तथा काटेर प्रयोग गर्दै जमिन अतिक्रमण गर्ने कार्य अझै पनि निरन्तर चलिरहेको छ । त्यहाँ २१.४५ हेक्टर जमिन अतिक्रमण गरिएको छ ।

त्यस स्थानमा भएको अतिक्रमणले चुरे क्षेत्रको संरक्षणमा दीर्घकालीन असर पुर्‍याउने चेतावनी महालेखाले दिएको छ । कान्छिबगाई क्षेत्रमा पनि १७.११ हेक्टर जमिन अतिक्रमण गरी घरगोठ निर्माण र खेतीपाती गरिँदै आएको छ ।

जिल्लाको पटिहानी र बरण्डाभार उपभोक्ता समिति अन्तर्गतका क्षेत्रहरूमा पनि अतिक्रमण हुँदै आएको छ । यहाँ २०४० सालदेखि नै सामुहिक अतिक्रमण गरी बसेको र पछि बाढीपीडित तथा नदी कटानको कारणबाट विस्थापित भई अस्थायी शिविरको रुपमा बसोवास हुँदै आएको छ ।

पुरानो बसोवास भएको क्षेत्र र्फकन योग्य भए पनि हाल अतिक्रमण गरी बसोबास कायमै छ ।

बुढीराप्ती उपभोक्ता समिति अन्तर्गत पर्ने कुमरोज मध्यवर्ती सामुदायिक वन क्षेत्रको सिमे्रनी र हरनरी चौरमा २०४७ सालमा सामुहिक अतिक्रमण सुरु भएको थियो ।

यस क्षेत्रमा हाल करिब २०० घरपरिवारले १७.७७ हेक्टर वन क्षेत्र अतिक्रमण गरी बसोवास र खेती गर्दै आएका छन् । मृगकुञ्ज उपभोक्ता समिति अन्तर्गत सौराहा क्षेत्र नजिक बाटोको किनारामा करिब २० घरपरिवारले १.४८ हेक्टर वन क्षेत्र अतिक्रमण गरी पक्की घर निर्माण गरेका छन् ।

द्वन्द्वपीडितको व्यवस्थापनले बढायो अतिक्रमण

०५९ सालमा राप्ती नदीमा बाढी आउँदा मकवानपुर जिल्लाको निकुञ्ज क्षेत्र फैलिएको लोथर उपभोक्ता समितिअन्तर्गतका क्षेत्रहरूमा सामुहिक अतिक्रमण सुरु भयो ।

यस क्षेत्रका राक्सीराङ, सरीखेत लगायतका स्थानमा अतिक्रमण भएको छ । ०६९ सालमा सरकारले अतिक्रमण हटाए पनि द्वन्द्वको समयमा विस्थापित भएकाले पुनः अतिक्रमण गर्न थालेपछि हाल करिब ६०.९३ हेक्टर क्षेत्रफलमा करिब ५०० घरटहरा निर्माण भएका छन् ।

पर्सास्थित निकुञ्जको मध्यवर्ती क्षेत्रको सिकारीवास गाउँ जंगली हात्तीको मुख्य बासस्थान छ । तर, त्यहाँ बढ्दै गएको मानव बस्तीले वन्यजन्तुको विचरणमा असर गर्न थालेको छ ।

निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले भने अहिले थप अतिक्रमण नभएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

ट्रेन्डिङ

Advertisment