Comments Add Comment

राष्ट्रिय गौरवका आयोजना छिटो सम्पन्न गर्न उर्जामन्त्रीको निर्देशन

३ वैशाख, काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले राष्ट्रिय गौरवका आयोजना छिटो सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

आर्थिक वर्ष २०७४/०७५ को दोस्रो चौमासिक प्रगति समिक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री पुनले मन्त्रालय अन्र्तगतका राष्ट्रिय आयोजना समयमै सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् ।

राष्ट्रिय गौरवका आयोजना समयमै पुरा नभएको गुनासो बढ्दै गएको भन्दै मन्त्री पुनले अब कुनै पनि बाहानामा विकास आयोजना रोकिन नहुने बताए । उनले मन्त्रालयमा भएको समस्या समन्वयात्मक ढङ्गबाट समाधान गरेर अगाडि बढ्ने बताए ।

आयोजना समयमै सम्पन्न गर्दा आउने समस्या आफूलाई भन्न आग्रह गर्दै उनले भने, ‘समस्याको हल मन्त्रालयबाट हुन्छ । अन्य बाहानामा काम रोकिनु हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment