Comments Add Comment

रजनिकान्तसँग जुध्न सलमान खान तयार

दक्षिण भारतीय सुपरस्टार रजनीकान्तसँग जुध्न बलिउडका मै हुँ भन्ने स्टारहरु पनि हिम्मत गर्दैनन् । तर, सलमान खानको कुरा अलग छ । आखिर उनी आफूलाई बक्स अफिसको टाइगर नै त ठान्छन् ।

हुन पनि ‘ट्वूवलाइट’लाई अपवाद मान्ने हो भने बक्स अफिसमा उनको राम्रै बोलबाला चल्दै आएको छ । त्यसैले होला उनी आफ्नो आगामी फिल्म रेस ३ लाई रजजनिकान्तको फिल्मसँग जुधाउन डराएका छैनन् ।

तर, रजनिकान्तको २.० को कुरा हामी गरिरहेका छैनौं । सलमानसँग जुध्न लागेको उनको फिल्म हो ‘काला’ । यो फिल्म यसै वर्षको इदमा प्रदर्शन हुने भएको छ । जबकि सलमान पनि आफ्नो फिल्मका लागि इद नै ताकेर बसिरहेका छन् ।

सलमान यसरी रजनिकान्तसँग जुध्न तयार भए पनि अर्का सुपरस्टार आमिर खान भने रजनिकान्तसँग थर्कमान हुन्छन् । उनले आफ्नो फिल्म ठग्स अफ हिन्दूस्तान रजनिकान्तको फिल्मसँग जुधाउन चाहेका छैनन् ।

हालै एक अन्तरवार्तामा उनले भने, ‘म आशा गर्छु कि उहाँ हामीसँग जुध्न आउनुहुने छैन । अन्यथा हामीर्लाइ समस्या पर्नेछ । रजनिकान्त एकदमै ठूलो स्टार हुनुहुन्छ र म उहाँसँग कुनै हालतमा टक्कर लिन चाहन्नँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment