Comments Add Comment

मिस ग्रान्ड नेपाल-२०१८ हुने

विगत लामो समयदेखि ज्ञानमा आधारित विभिन्न शैक्षिक प्रतियोगिता गर्दै आइरहेको आर.के. इन्टरटेन्मेन्ट ग्रुपले यो वर्षदेखि ‘मिस ग्रान्ड नेपाल-२०१८’ आयोजना गर्दै छ । उक्त कार्यक्रमको औपचारिक घोषणा वैशाख २ गते होटेल रोयल एम्पायर, बालुवाटार काठमाडौँमा पत्रकार सम्मेलनका बीच गरियो ।

उक्त कार्यक्रमको अडिसन राउन्ड काठमाडौँ, पोखरा, बुटवल, चितवन, धरानलगायतका  विभिन्न सहरहरूमा हुने आयोजक संस्थाले जानकारी दिएको छ । कार्यक्रमका संयोजक श्री प्रसाद शर्माका अनुसार अडिसन राउन्ड यही वैशाख १२ गते पोखरा, वैशाख ३१  गते चितवन, जेठ २ गते बुटवल,  जेठ ५  गते  धरान तथा जेठ २६  गते  काठमाडौँमा हुनेछ ।  ग्रान्ड फिनाले साउनको अन्तिम साता काठमाडौंमा हुनेछ । मिस ग्रान्ड नेपाल विजेताले नगद एक लाख सहित स्कुटर पाउने छिन् भने विजेताले म्यानमारमा हुने मिस ग्रान्ड इन्टरनेशनल प्रतियोगिता-२०१८ नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment