सोमबार, १० वैशाख, २०७५
Ruslan
OnlineKhabar.com

एनआईसी एशिया ग्रोथ फण्ड सूचिकृत

अनलाइनखबर

३ वैशाख, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको सहायक कम्पनी एन आई सी एशिया क्यापिटल लिमिटेडले निष्काशन गरेको सामुहिक लगानी कोष, एन आई सी एशिया ग्रोथ फण्ड ८३.५२ करोड ईकाइहरु बैशाख ३ गते नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकृत भएको छ ।

७ बर्षे बन्दमुखी योजना रहेको एन आइ सी एशिया ग्रोथ फण्डलाई धितोपत्र बोर्डबाट गत पुस ११ गते निष्काशन गर्नका लागि अनुमती प्राप्त गरी माघ २ गतेदेखि सर्वसाधारणमा ईकाइ बिक्री गरिएको थियो ।

उक्त ईकाइहरु नेपाल स्टक एक्सचेन्ज लिमिटेड तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूुचिकृत भई धितोपत्रको दोश्रो बजारमा कारोवार गर्न मिल्ने छ । कोषको लगानीको नाफाबाट लगानीकर्ताहरुले वाषिर्क प्रतिफल पाउने छन् भने दोस्रो बजारमा हुने मुल्य परिवर्तनबाट पनि लगानीकर्ताले लाभ लिन सक्ने छन् ।

२०७५ वैशाख ३ गते २१:१४ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this