Comments Add Comment

एमाले–माओवादी एकता बैठक जारी, फुक्ला गाँठो ?

पार्टी एकता संयोजन समितिको बैठकमा एमाले र माओवादीका नेताहरु । तस्वीर : प्रधानमन्त्रीको सचिवालय

४ वैशाख, काठमाडौं । एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक बसीरहेको छ । एकताका लागि मिल्न नसकेका विषयहरु टुंगो लगाउन प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको हो ।

एमाले–माओवादी एकता वैशाख ९ का लागि हुने बताइए पनि जनयुद्ध र एकता अनुपात लगायतमा कुरा मिल्न सकेको छैन । सोमबार दुई पार्टीका अध्यक्षबीच गाँठो फुकाउन छलफल भएको थियो । दुई अध्यक्षबीचको छलफलपछि अाजका लागि एकता संयोजन समितिको बैठक बोलाइएको हो ।

केही समयदेखिको संवादहीनताको बीचमा बसेकाे बैठकलाई चासाेका साथ हेरिएको छ । बैठकले जनयुद्ध शव्दबारेको विवाद, एकता अनुपातको किचलो र चुनाव चिह्नबारेको मतान्तरलाई सुल्झाउने अपेक्षा गरिएको छ ।

एकता संयोजन समितिमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य छन् ।

यो पनि पढ्नुस्

माओवादीको निश्कर्षः ओलीको राष्ट्रवाद घोप्टियो, माधव नेपाल पिँध नभएका लोटा !  

सहमतिको बटमलाइनः ‘जनयुद्ध’ स्वीकारौं, एकता नटारौं !

माओवादीलाई मन्त्री बास्कोटाको जवाफ- मोदीसँगै भेट भइसक्यो, थाइल्याण्ड भ्रमण पुरानो भो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment