Comments Add Comment

करेन्ट लागेर धादिङमा १ को मृत्यु, ८ जना घाइते


४ वैशाख, काठमाडौं । धादिङमा मंगलबार बिहान करेन्ट लागेर १ जनाकाे  मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

जिल्लाको थाक्रे गाउँपालिका महादेवबेसीमा पानी तान्ने क्रममा करेन्ट लाग्दा स्थानीय टिकीमाया तामाङको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय खानीखोलाले दिएकाे जानकारी अनुसार, घाइतेमध्ये ३ को अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइएकाे छ ।

प्रहरीले घटना कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment