Comments Add Comment

यौनरोग नभएका महिलालाई मात्र ड्राइभिङ लाइसेन्स !


सवारी चालक अनुमतिपत्र लिनका लागि लिखित तथा प्रयोगतात्मक परीक्षा दिनुपर्ने कुरा त थाहौ छ । यद्यपि, देशहरुका आ आफ्ना नियम हुन्छन् यसबारेमा । एउटा देश यस्तो छ जहाँ महिलाले ड्राइभिंग लाइसेन्स लिनका लागि गाइनेकोलोजिस्ट अर्थात् स्त्री तथा यौन रोगको डाक्टरसँग चेकअप गराउनु पर्दथ्यो ।

युरोपेली देश लिथुआनियामा महिलाले ड्राइभिंग लाइसेन्स पाउनका लागि लिखित परीक्षा, ड्राइभिंग एबिलिटी टेस्टसँगै गाइनेकोलोजी टेस्ट गर्नुपर्ने कानुन केही समयअघि सम्म प्रचलनमा थियो । स्त्री रोग डाक्टरले चेकअप गरेर निरोगिताको प्रमाणपत्र नदिएसम्म महिलाले चालक अनुमतिपत्र पाउँदैन थिए ।

तर अचम्ममा पुरुषका लागि चाहीँ यौनरोगको परीक्षण गर्नुपर्ने बाध्यता थिएन । उक्त विभेदकारी कानूनका सन्दर्भमा लिथुआनियाा पछिल्लो समयमा निकै बहस र विवाद भयो । डाक्टरहरुले एउटा तर्क दिने गर्दथे की महिलाहरुमा कतिपय यौनरोगहरुले लक्षण नै नदेखाइकन संक्रमण गरिरहेका हुन्छन् । त्यस्तो यौनरोगका कारण महिलाहरु सवारी चलाइरहेको बेला एक्कासी बेहोस हुनसक्ने जोखिम हुन्छ । त्यसैले सरीरमा लुकेर रहने त्यस्तो रोग भए नभएको एकिन गर्नका लागि पनि महिलाको यौनरोगको चेकजाँच गर्नुपर्दछ ।

तर डाक्टरहरुको यो तर्कसँग कोहीपनि सहमत हुन सकेन । अन्ततः त्यो विभेदकारी कानूनलाई हटाउन सरकार बाध्य भयो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment