Comments Add Comment

फायरलाइनले जोगाएको वन

४, बैशाख, तनहुँ । तनहुँ जिल्लाका अधिकांश वन क्षेत्रमा हरेक वर्ष डढेलो लाग्दै आएको छ । तर, जिल्लाकै एक सामुदायिक वन जुमडाँडा झप्री सामुदायिक वनमा आगो झिल्को नबलेको १० वर्ष भयो ।

१५ वर्षअघिसम्म खुरीखन्नै रहेको बन्दीपुर-४ को जुमडाँडाका पाखामा यतिबेला सालका नयाँ विरुवा हुँकिएका छन् ।

०६५ साल भदौ २ गते जिल्ला वन कार्यालयले तनहुँले वन सामुदायलाई हस्तान्तरण गरेपछि वन क्षेत्र फैंलिदै गएको छ । जुमडाँडा झप्री सामुदायिक वनका २ वटा ब्लक छन् ।

एउटा ब्लकमा २३.७५ हेक्टर र अर्को ब्लकमा २३.२५ हेक्टर गरी करिब ४७ हेक्टर क्षेत्रफलमा सामुदायिक वन छ ।

सामुदायिक वनका अध्यक्ष बिलबहादुर गुरुङ ९ वर्ष सामुदायिक वनको अध्यक्ष बने । उनी भूपू भारतीय सैनिक हुन् ।

हरेक दिन बिहान र साँझ वन क्षेत्र घुम्नु हेर्नु उनको दैनिकी छ । उनी गाँउका केही युवाहरुलाई लिएर वन डुल्ने गर्दछन् ।

छिमेकी सामुदायिक वनहरुमा समेत गएर डढेलो निभाउन सहयोग गर्ने गरेको गुरुङले बताए । ‘हाम्रो बन क्षेत्रमा कहि कतै चोरी निकासी भएको छ वा छैन, कसैले आगो पो बालेको छ की भनेर हरेक दिनजसो निगरानी गर्ने काम गरेका छौं’ निर्वतमान अध्यक्ष बिलबहादुर गुरुङले भने, ‘यहाँ कसैलाई हामी फिटिक्क गर्न दिदैनौं । हरेक बर्ष वन सफा गर्ने गोडेन लगायतका काम पनि समुदायले गर्दै आएको छ ।’

सामुदायिक वनमा आवद्ध १०६ घरधुरी छन् । त्यसमा ८२ जना आदिवासी जनजाती, २ घर दलित र २२ जना ब्राम्हण क्षेत्री छन् । जनसख्या ५८६ छ । सालका नयाँ लाथ्राहरु पोलसाइजका बनेका छन् ।

अहिलेसम्म एक पटकपनि वन क्षेत्रमा डढेलो लागेको छैन्, हामीले फायरलाइन बनाएका छौं वनका निबर्तमान अध्यक्ष गुरुङले भने, ‘पहिले रातै देखिने पाखाहरु अहिले हरियाली भएका छन् खुसी लाग्छ ।’

जुमडाँडा झप्री सामुदायिक वनले छिमेकी पार्चे सामुदायिक वनसँग मिलेर सिमाना मिजारे भन्ने स्थानमा २ किलोमिटर लामो फायरलाइन बनाएको छ ।

वार्षिक कार्ययोजना अनुसार कहिले कुनै वर्ष कुनै स्थानमा त कुनै बर्ष कुनै स्थानमा फायरलाइन बनाएका छौं सामुदायिक वनकी अध्यक्ष लक्ष्मी रानाले भनिन्, फायरलाइन बनाएपछि एउटा सामुदायिक वनमा लागेको आगो अर्कोमा फैंलिन पाउँदैन ।

फायरलाइन बनाउन हरीयो वन, जिल्ला वन कार्यालय, र फेकोफनले सहयोग गर्दै आएका छन् । हरियो वन कार्यक्रम मार्फत जीविकोपार्जनमा सुधारका लागि घुम्तिकोष, जनचेतना, वन डढेलो व्यवस्थापन तालिम, महिलाको नेतृत्व विकास तालिम सञ्चालन गरिएको छ ।

‘सकभर समुदायलाई वनसँग रहको आश्रतिको मात्रा कम गराउने उपाय खोजी गरेका छौं’ जुमडाँडा झप्री सामुदायिक वनकी अध्यक्ष लक्ष्मी रानाले भनिन्, ‘घरघरमा गोवरग्याँस प्लान्ट, सुधारीएको चूल्हो, आयआर्जनका अन्य काम यसका उदाहरण हुन् ।’

१३ सदस्यीय कार्यसमितिमा ११ जना महिला छन् । स्थानीय महिलाहरुको समेत लोभलाग्दो सहभागीता बन क्षेत्र संरक्षणमा देखिएको निवर्तमान अध्यक्ष बिलबहादुर गुरूङले बताए ।

आफ्नो वन आफै संरक्षण गर्नुपर्छ भन्ने चेतना सबैमा जागरुक गराएको निवर्तमान अध्यक्ष गुरूङको भनाइ छ ।

तनहुँ जिल्लाको कुल बन क्षेत्रको ७० प्रतिशत वन समुदायलाई हस्तान्तरण गरिसकिएको छ भने, ३० प्रतिशत मात्रैं जिल्ला वन कार्यालय अन्र्तगत छ । जिल्लामा ६११ वटा सामुदायिक वन समुदायलाई हस्तान्तरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment