Comments Add Comment

पानी पर्दा हिलोले मार्‍यो, घाम लाग्दा मान्छे चिन्न गाह्रो ! (फोटो फिचर)

२९ वर्षसम्म पनि बिस्तारको काम पूरा भएन

४ बैशाख, काठमाडाैं । चक्रपथसँगै जोडिएको सीतापाइला-रामकोट-भीमढुंगा सडक विस्तारका लागि ०४५ सालमा गोरखापत्रमा सूचना प्रकाशित भएको थियो ।

यो सूचनालाई आधार मान्दा सडक बिस्तारको काम सुरु भएको २९ वर्ष पुगिसकेको छ । तर, अहिले पनि सडक यात्रा गर्न लायक छैन ।

२९ वर्षसम्म सडक विस्तारको कामले पूर्णता नपाउँदा स्थानीयवासी र यात्रुहरु आजित हुनुपरेको छ ।

दशैको समयमा हनुमानढोकामा फूलपाती भित्र्याउँदा यही सडकको प्रयोग गर्ने गरिएकोले ऐतिहासिक सडक मानिन्छ । तर, पानी पर्ने वित्तिकै सडक हिलाम्य बन्छ । घाम लागे धुलाम्य बन्छ । धुँलोले मान्छे चिनिदैन ।

यो सडकमा मालबाहक सवारीसाधन धेरै गुड्ने हुँदा स्थानीवासीले जनजीवन प्रभावित भएको भन्दै वडा कार्यालयमा पर्दशन समेत गरे । तर, सडक विस्तारको काम अझै सम्पन्न हुने छाँट छैन ।

सीतापाइला चोकबाट पाँच किलोमिटरसम्म जयबाबा गोरखा कन्स्ट्रक्सन प्रा.लि र भीढुंगासम्मको पाँच किलोमिटर निर्माणको जिम्मा सीएम कन्सट्रक्सनले पाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment