Comments Add Comment

स्रोतसाधन दुरुपयोगमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेकर्ड !

४ वैशाख, काठमाडौं । जननायक वीपी कोइरालाको सम्मानमा खोलिएको शिक्षण अस्पताल हो, धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ।

तर, पछिल्लो समय प्रतिष्ठान लथालिंग हालतमा छ । एउटा अध्ययनले सरकारी स्रोत साधनको दुरुपयोग कतिसम्म हुन्छ भन्ने नमुनाका रुपमा प्रतिष्ठानाई प्रस्तुत गरेको छ ।

महालेखा परीक्षकको पछिल्लो प्रतिवेदन अनुसार अस्लतालमा करोडौंको सामान थन्किएर बसेका छन् । केही प्राधिधिक नभएको वा बिगि्रएको नाममा थुपारेर राखिएको छ भने कतिपय रकम भुक्तानी गरेर पनि जडान नै गरिएको छैन ।

प्रतिष्ठानले अक्सिजन प्लान्ट खरिद तथा जडान गर्न २९ असार २०७३ मा नै सम्झौता गरेको थियो । त्यसअनुसार ३ करोड २ लाख रुपैयाँ भुक्तानी पनि दिइसक्यो ।

तर, अहिलेसम्म अक्सिजन प्लान्ट जडान भएको छैन । उल्टै प्रतिष्ठानले अहिले अक्सिजन किन्न लाखौं खर्च गर्ने गरेको पाइएको छ । अक्सिजन खरिदमा २०७३/७४ मा ३९ करोड ४८ हजार र २०७४/७५ मा २१ लाख ६६ हजार रुपैयाँ खर्च गरेको पाइएको छ ।

झण्डै एक करोड खर्चिएर ल्याएको कृत्रिम दाँत बनाउन प्रयोग हुने ‘क्यान क्याम मेसिन’ प्रयोगविहीन छ । दन्त प्राविधिक नभएको भन्दै यो लामो समयदेखि सञ्चालनमा छैन ।

१३ लाख बढी खर्चेर ल्याइएको दाँतको एक्स-रे गर्ने आरभीजी मेसिन र त्यसका एक्सेसरीन डिजिटल प्रविधिअनुसार प्रयोग गरिएको छैन । ‘एक्सरे फिल्म प्रयोग गरेर छुट्टै विकास गर्नुपर्ने अवस्था छ भने कम्प्युटर र फोटो पि्रन्टर जडान भएको मितिदेखि नै प्रयोगविहीन अवस्थामा छ’ महालेखाले भनेको छ ।

डेन्टल चेयरहरु जडान गर्न भन्दै ३६ लाख भुक्तानी दिएको दुई वर्ष हुन लागिसक्यो । तर, प्रतिष्ठान परिसरमा ल्याइएको डेन्टल चेयरहरु थुपारेर राखिएको छ ।

लाखौं खर्चिएर किनिएको अस्पतालमा प्रयोगहरु एक्स्टर्नल समानहरु पनि त्यत्तिकै थुपारेर राखिएको छ ।

रेडियोलोजी डिपार्टमेन्टमा रहेको एक्स-रे मेसिन प्रयोगहीन छ । २८ लाख बढी खर्च गरेर जडान भएको एचडी ७ अल्ट्रासाउण्ड मेसिन पनि प्रयोग हुन सकेको छैन ।

स्वास्थ्य सेवा विभागले ६ जेठ २०७१ मा झण्डै साढे २ करोडको आटोमेटिक डीएनए सिक्वाइन्सर हस्तान्तरण गरेको थियो । तर, अहिलेसम्म प्रयोग भएको छैन । उपकरण सञ्चालन गर्ने ज्ञान भएका कर्मचारी नभएको भन्दै थन्काएर राखिएको छ ।

प्रतिष्ठानमा डाइलाइसिस सेवा छ । तर, १० मध्ये चारवटा डाइलाइसिस मेसिन सञ्चालनमा छैन । यही कारण ८ मध्ये दुई शैय्या सञ्चालन गर्न सकिएको छैन ।

एमआरआई मेसिनको अवस्था पनि त्यस्तै छ । ६ क्वाइटमध्ये ४ वटा सञ्चालनमा छैन । एउटा क्वाइटबाट दैनिक ५ वटासम्म एमआरआई हुने गरेको छ । अस्पतालमा एक पटक एमआरआई गरेको शुल्क ७ हजार तोकिएको छ । ‘मेसिन थन्क्याएर राख्दा दैनिक ३५ हजार आम्दानी मात्र गुमाएको छैन, सेवाग्राहीले निजी अस्पतालमा महंगो शुल्क तिर्नुपरेको छ’ महालेखाले भनेको छ ।

अनौठो त के भने भवन अभावको कारण देखाउँदै सिटी स्क्यान र अल्ट्रासाउण्ड मेसिन एउटै कोठामा राखिएको छ । पालैपालो मेसिन चलाउने गरिएको छ ।

तर, धरान उपमहानगर ४ स्थित छाता चोकमा रहेको जग्गा र भवन भने प्रयोग गर्न सकेको छैन । त्यहाँ अहिले निजी सवारी पार्किङ हुन्छ भने निजी छाप्रो हालेर बस्नेहरु पनि छन् ।

प्रतिष्ठानले स्टोरको अभिलेख नराखेको ८ वर्ष पुगिसक्यो, यसले कति समान आए, कुन के कस्तो अवस्थामा छ भन्ने समेत थाहा हुन छाडेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment