Comments Add Comment

पूर्व सांसद बाबुलाल पासवान पक्राउ

४ बैशाख, बिराटनगर । मोरङ प्रहरीले पूर्व सांसद बाबुलाल पासवानलाई पक्राउ गरेको छ । उनलाई मंगलबार बिराटनगरबाट पक्राउ गरिएको हो ।

विप्लव माओवादीले आब्हान गरेको बन्दको विषयमा बुझ्न भन्दै उनलाई पक्राउ गरिएको जनाइएको छ ।

मोरङका प्रहरी उपरिक्षक अरुण विसीले पूर्व सांसद पासवनलाई नियन्त्रणमा लिएको पुष्टि गरे ।

सोमवार साँझ विराटनगरस्थित भारतीय दुतावासको सम्पर्क कार्यालयमा भएको बम विष्फोटको घट्नामा उनलाई नियन्त्रणमा लिएको हुनसक्ने बताइएको भएपनि प्रहरीले भने अस्विकार गरेको छ ।

पूर्व सांसद पासवनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

मंगलबार विहान पूर्व–पश्चिम राजमार्गस्थित गछिया सडक खण्डमा शंकास्पद बस्तु भेटिएपछि आंतक सृजना भएको थियो ।

गछिया खोलाको पुलमा फेला परेको शंकास्पद वस्तु बम भएको आंशकामा केहीवेर सवारी आवागमन समेत रोकिन पुगेको थियो ।

पछि नेपाली सेनाको बम डिष्पोजल टोलीले संकास्पद बस्तु निष्कृय बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment