+
+

यस्ता लक्षणले गर्छ क्यान्सरको संकेत

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ५ गते ८:३५

क्यान्सर डरलाग्दो रोग हो । क्यान्सर रोग लागेमा व्यक्तिको ज्यानै समेत जानसक्छ । यसको लक्षण समयमै पहिचान भएको खण्डमा भने आवश्यक उपचारद्वारा यसलाई निको पार्न पनि सकिन्छ । सुरुवाती अवस्थामै यसको लक्षण थाहा पाएको खण्डमा यसको उपचारमा खासै समस्या उत्पन्न हुँदैन । बिरामीलाई बचाउन सकिन्छ । जीवनशैलीमा सुधार ल्याएर यो रोग लग्नबाट बच्न सकिन्छ ।

एक तथ्यांक अनुसार विश्वमा दुई सयभन्दा बढी प्रकारका क्यान्सर छन् । यस्ता क्यान्सर शरीरका विभिन्न अंगहरूमा लाग्न सक्छ । जस्तै, मुखको क्यान्सर, स्तनको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, पेटको क्यान्सर, फोक्सोको क्यान्सर, प्रोस्टेट क्यान्सर इत्यादि ।

यस्ता क्यान्सरका खासै कुनै लक्षण देखिँदैन । ससाना कुरामा ध्यान दिएर पनि यसको लक्षण पत्ता लगाउन सकिन्छ । जुन यस प्रकार छ:

छालामा दाग देखिनु

छालामा दाग देखिनु तथा त्यसको रङ्ग तथा आकारमा क्रमशः परिवर्तन आउनु क्यान्सर रोगको प्रारम्भिक लक्षण हुनसक्छ । शरीरमा अलग अलग किसिमको दाग वा निशान देखिरहेको छ भने तुरुन्तै चिकित्सकका जानुपर्छ  चिकित्सकले आवश्यक जाँच तथा बायोप्सीद्वारा क्यान्सर रोग भए नभएको पत्ता लगाउने गर्छन् ।

थकान महसुस हुनु

विभिन्न कारणले शरीरमा थकान महसुस हुने गर्छ । त्यसबाहेक ल्यूकेमिया, कालोन लगायत पेटका क्यान्सरको पहिलो लक्षण भनेकै थकान महसुस हुनु हो । विना शारीरिक श्रम तथा आराम गरेपश्चात पनि थकान महसुस हुन्छ भने तुरुन्तै चिकित्सकलाई सम्पर्क गर्नुपर्छ । यो क्यान्सर रोगको प्रारम्भिक लक्षण पनि हुनसक्छ ।

लगातार खोकी लाग्नु

खोकी लाग्दा कफ आउनु स्वाभाविक हो । त्यसैले धूमपान नगर्नेहरुमा कफ आउनु खासै गम्भीर मानिँदैन तर धूमपान गर्ने व्यक्तिमा कफका साथमा रगत देखिनु चाहिँ क्यान्सर रोगको संकेत हुनसक्छ ।

पेट फुल्नु

आवश्यकता भन्दा बढीको खाना, अपच लगायतका कारण पेट भुल्नु स्वाभाविक हो । तर यसका साथै अचानक तौल कम हुनु, थकाइ लाग्नु वा ढाड दुख्नुचाहिँ गम्भीर समस्या हो । महिलाहरूको पाठेघरबाट लगातार रक्तस्राव हुनु ओभरियन क्यान्सरको संकेत हुनसक्छ ।

घाँटी फुल्नु, सुन्निनु

घाँटी, कुम तथा शरीरमा विभिन्न भागमा सिमी आकारका ग्रन्थि हुन्छन् । यस्ता ग्रन्थि फुल्नु वा सुन्निनु संक्रमण हुनुको संकेत हो । विशेषगरी लिम्फोमा, ल्यूकेमिया लगायतका क्यान्सरका कारण समेत यस्ता ग्रन्थि सुन्निने गर्छ । यस्ता रोगको उपचारका लागि चिकित्सकको परामर्श आवश्यक छ ।

दिसापिसाबमा रगत देखिनु

दिसापिसाबमा रगत देखिए चुप लागेर बस्नु हुँदैन, तुरुन्तै चिकित्सककहाँ जानुपर्छ । दिसामा  रगत देखिनु कोलोन क्यान्सरको संकेत हुनसक्छ । पिसाबमा रगत देखिनु मुत्रनलीको क्यान्सर हुनसक्छ ।

पिसाबमा समस्या देखिनु

बद्दो उमेरसँगै पिसाबमा विभिन्न समस्या देखिने गर्छ । पटक पटक पिसाब लाग्नु, पिसाब चुहिनु पिसाब सम्बन्धी समस्या हुन् । प्रोस्टेटको समस्या भएमा पनि यो समस्या देखिनसक्छ । प्रोस्टेट क्यान्सरका कारण पनि यस्तो समस्या देखिने गर्छ ।

खाना निल्नमा समस्या 

खाना निल्नमा समस्या हुनु, खाना घाँटीमा अड्कनु पनि क्यान्सर रोगको संकेत हुनसक्छ । घाँटीको क्यान्सर तथा अन्ननलीको क्यान्सर भए खाना निल्नमा समस्या हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?