Comments Add Comment

सलमान खानलाई नेपाल आउन अदालतले दियो अनुमति

भारतीय अभिनेता सलमान खानलाई कन्सर्टका लागि नेपाल आउन अदालतले अनुमति दिएको छ । कालो हरिण शिकारको मुद्दामा ५ वर्षको सजाय सुनाइएपछि जमानतमा छुटेका उनलाई अर्को सुनवाईसम्म विदेश जान प्रतिवन्ध लगाइएको थियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार जोधपुर अदालतले सलमानलाई नेपाल लगायत ३ राष्ट्रको भ्रमण अनुमति दिएको हो । उनले विदेश जानका लागि अदालतमा निवेदन दिएका थिए । उनको निवेदनमाथि मंगलबार जोधपुर अदालतले सुनवाई गर्दा २५ मेदेखि १० जुलाईसम्म विदेश भ्रमणको अनुमति दिइएको छ । यो अवधिमा सलमानले क्यानाडा, नेपाल र अमेरिकाको भ्रमण गर्नेछन् ।

आफ्नो ‘द ब्याङ टुर’ अन्तरगत सलमानले आउादो १२ जेठमा काठमाडौंमा प्रस्तुति दिादैछन् । उनका साथमा नायिका सोनाक्षी सिन्हासहित थुप्रै कलाकारको लावालस्कर आउनेछ । यसअघि गत फागुनमा यो कार्यक्रम तय भएको थियो । तर, विप्लव माओवादीले धम्की दिएपछि अन्तिम समयमा स्थगित भएको थियो ।

यसपाली सलमानको भ्रमणबारे विप्लव माओवादीले धारणा सार्वजनिक गरेको छैन । उक्त पार्टीले द ब्याङ टुरको आयोजक ओडीसी इन्टरनेसनलसाग चन्दाको बार्गेनिङ गरिरहेको चर्चा चले पनि उक्त संस्थाका प्रमुख सिमान्त गुरुङले भने आफूहरुसाग चन्दा नमागिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment