Comments Add Comment

६८ वर्ष लामो द्वन्द्वको अन्त्यको घोषणा गर्दै उत्तर र दक्षिण कोरिया


५ वैशाख, काठमाडौं । उत्तर र दक्षिण कोरियाले दुई देशबीच जारी ६८ वर्षे लामो द्वन्द्व अन्त्य गर्नेबारे छलफल थालेको रिपोर्ट बाहिरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच औपचारिक भेटवार्ता हुनुअघि नै यस्तो घोषणा हुने अनुमान छ ।

उत्तर र दक्षिण कोरियाबीच आउँदो हप्ता शिखर सम्मेलन हुने तय भएको छ । यही शिखर सम्मेलनबाट ६८ वर्ष लामो द्वन्द्व अन्त्यको चामत्कारिक घोषणा हुन सक्ने समाचारमा उल्लेख छ ।

‘उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मून जाई–इनले संयुक्त विज्ञप्ति जारी गर्दै सैन्य द्वन्द्वको अन्त्य भएको घोषणा गर्न सक्नेछन्’, सिओलका सरकारी अधिकारीको परिचय गोप्य राख्दै मंहुवा इल्बो समाचारपत्रले लेखेको छ ।

उत्तर कोरियाका नेता किम जोङ र दक्षिणका राष्ट्रपतिबीच प्यानमुन्जोनमा अप्रिल २७ मा हुने शिखर वार्तामा भेटघाट हुने तय भएको छ । यो दुई कोरियाबीच हुन लागेको तेस्रो शिखर वार्ता हो ।

प्योङयाङ र सियोलको सन् १९५० देखि १९६३ सम्म चलेको प्राविधिक युद्धविराम सन्धिपछि रोकिएको थियो । दुवै देशबीच विरामसन्धि भएता पनि बेला–बेला दुई देशबीचको तिक्त सम्बन्ध उत्कर्षमा पुग्ने गरेको थियो ।

दुई देशबीच हुन लागेको शिखर वार्ताले किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच तय भएको ऐतिहासिक वार्ताका लागि मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment